२०८२ माघ २८ गते, बुधबार ०८:४८

कर्णालीका ३५३ घरधुरी मात्रै विद्युतीय चुलोको पहुँचमा

जुम्ला । नेपाल विद्युत् प्राधिकरणले भनेअनुसार विद्युतीय चुलोको प्रयोग बढ्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन गाउँ गाउँ सम्म पुगेपनि भरपर्दो नहुँदा अपेक्षाअनुसार घरधुरी विद्युतीय चुलोको पहुँचमा नपुगेका हुन् । 

स्थानीय जलविद्युत उत्पादनका साथै राष्ट्रिय प्रसारण लाइन पुगेका दुर्गम क्षेत्रमा विद्युतीय चुलोको प्रयोग निकै न्युन रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना–२०७८ तथ्यांकनुसार मुलुकका सात प्रदेश मध्य सबैभन्दा कम कर्णाली प्रदेशमा विद्युतीय चुलोको प्रयोग हुने गरेको छ । 

सबैभन्दा बढी बागमती प्रदेश र कम कर्णाली प्रदेशमा विद्युतीय चुलो प्रयोग भएको देखिएको हो । बागमती प्रदेशको काठमाडौँ जिल्लाका मात्रै चार हजार छ सय ९४ घरधुरीले विद्युतीय चुलो प्रयोग गर्दा समग्र कर्णाली प्रदेशभरिमा तीन सय ५३ घरधुरीले मात्रै विद्युतीय चुलो प्रयोग गरिरहेका छन् । 

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा तीन सय ५३ घरधुरीले विद्युतीय चुलो प्रयोग गरेको देखिन्छ । विद्युत् पहुँच पुगेर पनि विद्युतीय चुलोको प्रयोग न्युन देखिनुले पहिलो कुरा विद्युत् कम पावरको हुनु,नियमित नहुनु र अर्को कुरा दाउराकै प्रयोग बढी रहेको समेत स्पष्ट हुन्छ । 

कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा एक सय नौ घरधुरीले विद्युतीय चुलो प्रयोग गरिरहेका छन् । भने, दैलेख जिल्लाका ८९,जाजरकोटका ६५,रुकुम पश्चिमका २७, सल्यानका १७ घरधुरीले मात्रै विद्युत् प्रयोग गरी खाना पकाउने गरेका छन् । 

साथै साविक कर्णालीमा झनै विद्युतीय चुलोको प्रयोग निकै न्युन देखिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्लाका १३,मुगुका १४,कालिकोटका १०,हुम्लाका ८ र डोल्पा जिल्लाका एक घरधुरी मात्रै विद्युतीय चुलोको पहुँचमा रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालकै बेला कर्णाली उत्सवमा आउँदा कर्णालीको विद्युतीकरणमा जोड दिने र विद्युतबाट चल्ने सबै उपकरणको प्रयोगमा सुगमदेखि दुर्गमको पहुँच वृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । 

दोस्रो कार्यकालमा पनि कार्यकारी निर्देशक नियुक्त भएको वर्षौ बितिसक्दा समेत विद्युतीय चुलोको प्रयोगमा वृद्धि त परै जावस कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको बत्ती नियमित समेत नआउने आएपनि पावर नै नपुग्ने समस्या छ । 

यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाह राष्ट्रिय लाइन विस्तार भएपनि अधिकांश नागरिक दाउरा तथा एलपी ग्याँसबाटै खाना पकाउने गरेको बताउनुहुन्छ । 

प्रमुख शाह भन्छन्,‘जुम्लामा प्रसारण लाइनको दुरी लामो हुनु र सवस्टेशन नहुनुले केही समस्या छ । तर विगत भन्दा बत्ती राम्रै छ । विद्युतीय चुलोको प्रयोग बढ्नु भनेको विद्युत् बढी खपत हुनु हो । भने अर्कोतिर वन जङ्गल संरक्षण हुनु हो । तर प्रदेश राजधानी सुर्खेतमै विद्युतीय चुलोको प्रयोग सन्तोषजनक छैन । भने दुरदराजमा बत्तीबाट उपकरणको प्रयोग वृद्धि नहुनु स्वभाविक पनि हो । केही वर्षपछि सबै गाउँमा विद्युतको अधिकतम प्रयोग बढ्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM