२०८२ माघ २८ गते, बुधबार ०९:४०

सर्वोच्चले नयाँ भूमि आयोगको गठन रोक्दा कर्मचारी खुसी

६ वैशाख, काठमाडौं । ३० चैतमा सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन नगर्न भनेर दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने अन्तरिम आदेश दियो । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासकाे आदेशले भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग गठन गर्ने र राजनीतिक प्रतिकूलतामा विघटन गर्दै फेरि नयाँ आयोग खडा गर्ने अभ्यासको औचित्यमाथि नै प्रश्न उब्जिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अब आयोग नभई सरकारकै संयन्त्रहरुबाट भूमि सम्बन्धी समस्याहरुको समाधानका लागि अघि बढ्ने अवसर प्राप्त भएको उनीहरुको भनाइ छ । सरकारी संयन्त्रहरुलाई पन्छाएर राजनीतिक आयोग बनाउने र जथाभावी जग्गा वितरण गर्ने अभ्यासलाई सधैंका लागि रोक्ने गरी सर्वोच्चले महत्वपूर्ण फैसला दिने भूमिव्यवस्था अधिकारीहरुको विश्वास छ ।

‘विघटित आयोगले कानुनले नदिएको अधिकार कानुन संशोधन नै गरेर प्रयोग गर्नेसम्मको अभ्यास गर्‍यो, त्यसका लागि हामी कर्मचारीहरुमाथि चरम दबाब सिर्जना गर्ने काम भयो’ भूूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक अधिकारीले भने,‘आयोगले अपारदर्शी ढंगले मनपरी गर्ने तर त्यसका लागि कर्मचारीहरुले आफ्नो भविष्यमा दाउमा राखेर निर्णय गर्नुपर्ने अवस्था थियो, अब जथाभावी ढंगले आयोग नै बनाउन नपाउने गरी फैसला आइदिए राम्रो हुनेथियो ।’

अदालतले अन्तरिम आदेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या अपेक्षित रूपमा समाधान हुन नसकेको भनेर प्रस्तावमा उल्लेखसम्म गरेको, तर के कस्तो तथ्य वा तथ्यांकका आधारमा त्यसो भनिएको हो भन्ने प्रष्ट नभएको ठहर गरेको छ । आदेशमा भनिएको छ, ‘तसर्थ, अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्नू/नगराउनू र आयोग र समितिका स्रोत साधन, भौतिक सम्पत्ति र कागजातहरू सुरक्षित रूपमा यथास्थितिमा राख्नू/राख्न लगाउनू भनी यस अदालतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्च अदालत नियमावलीको नियम ४९ (२) (क) बमोजिम निरन्तरता प्रदान गरिएको छ ।’

८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्दै अर्को बनाउने निर्णय गरेको थियो । पछिल्लो समय हरेकजसो सरकारले भूमि आयोग खारेज गर्ने र आफ्नो अनुकूल बनाउने गरेको थियो । अहिलेसम्म १८ वटा आयोग र समितिहरु बनिसकेको छ ।

पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गरेर ३० भदौ २०७८ मा केशव निरौलाको अध्यक्षमा नयाँ आयोग बनाएको थियो ।

थापाथलीको सुकुम्बासी बस्ती

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भन्दै सरकारले गठन गरेका भूमिसम्बन्धी आयोगहरुको कामकाजमाथि विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।

सरकारले हालै खारेज गरेको आयोगले १० लाख ३८ हजार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदन लिइसकेको थियो । ४ हजार ५८६ परिवारलाई  लालपुर्जा वितरण गरिसकेको आयोग अपारदर्शी ढंगले जग्गा वतरण गर्न तयारी अवस्था थियो ।

त, यही अवस्थामा सत्ता गठबन्धन फेरिएर नेकपा एमाले सरकारमा आएसँगै दलका नेता कर्याकर्ता भर्ति गर्नकै लागि आयोग खारेज गरेर नयाा आयोग गठनका लागि राष्ट्रिय भूमि आयोग गठन आदेश संशोधनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको थियो ।

मन्त्रिपरिषदले नयाँ आयोग गठन गर्ने गरी राष्ट्रिय भूमि आयोग खारेज गरेकाले त्यसमाथि सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो ।  सरकारले नयाँ आयोग गठन गर्न अन्तिम तयारी गरिरहँदा नै सर्वोच्चले रोक लगाइदिएको हो ।

खारेज भएको आयोगको नेतृत्वदेखि जिल्ला तहको नेतृत्वसम्म कांग्रेसका नेताहरु हाबी थिए । पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्दा अदालतबाट उनीहरुकै पक्षमा आदेश आउन सक्ने हुनाले आयोग नै खारेज गरेर नयाँ गठन गर्न लागिएको थियो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव कुमार दाहाल अदालतको आदेशले नयाँ आयोग गठन गर्न मार्गप्रशस्त गरेको छैन । ‘यसअघिको आयोग खारेज भइसक्यो, उसले पनि काम गर्न पाउँदैन’ उनले भने,‘अहिले नयाँ आयोग गठन गर्न पनि अदालतले रोकेको छ ।’

३० भदौ २०७८ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला अध्यक्ष, माओवादी नेता नहेन्द्र खड्का उपाध्यक्ष र अरु ६ जना सदस्य रहेको आयोग गठन गरेको थियो । अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले अधिकांश जिल्लामा कांग्रेस र माओवादी नेता कार्यकर्तालाई नियुक्ति दिलाएका थिए । आयोगको ७७ वटै जिल्लास्तरको प्रत्येक समितिमा अध्यक्षसहित ४ सदस्य नियुक्त भएका थिए ।

देउवा सरकारले निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गर्नुअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको एमाले नेता देवीप्रसाद ज्ञवाली अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान आयोग क्रियाशील थियो । देउवा सरकारले ज्ञवाली नेतृत्वको आयोग खारेज गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेको थियो ।

हाल खारेज भएको आयोगको काम विगतका भूमि तथा सुकुम्बासी समस्यासम्वद्ध आयोगकै जस्तो विवादित थियो । आयोगका पदाधिकारीमाथि राजनीतिक पहुँचका आधारमा सुकुम्बासी समस्या समाधानका नाममा आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

कतिपय स्थानीय तहमा भूमिहीन र सुकुम्बासीको लगत नै संकलन भएको थिएन भने सत्तारुढ दलका कार्यकर्ता र भूमाफियालाई फाइदा हुने गरी सरकारी जग्गाको लालपुर्जा व्यक्तिलाई दिन खोजेको आरोप आयोगमाथि थियो ।

गैरीगाउँका अव्यवस्थित बसोबासी

अव्यवस्थित बसोबासीलाई उपभोग गरिरहेको करिब १ लाख हेक्टर वन क्षेत्रको जग्गाको लालपुर्जा दिँदा लिइने मूल्य आधा कम गर्ने गरी आयोगले राजनीतिक लबिङ गरिरहेको थियो । त्यसअनुसारको प्रस्ताव भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अघि बढिसकेको थियो ।

आयोगले वास्तविक भूमिहीन सुकुम्बासीको समस्या पहिचान गरेर समाधान दिनेभन्दा जग्गा दलालहरुलाई सस्तोमा सरकारी जग्गा दिलाउने गरी विवादास्पद निर्णय गर्न लागेको भन्दै अर्थ मन्त्रालयभित्र असन्तुष्टि थियो । तर कांग्रेस–माओवादी गठबन्धन भत्किएर एमालेसहितको गठबन्धन बनेपछि आयोग खारेज हुन पुग्यो ।

अहिले फेरि भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले एमाले नेताहरुको पकड रहने गरी आयोग गठन गर्न तयारी गरिरहेका बेला सर्वोच्चको आदेशले राजनीतिक रुपमा हुने गरेको मनपरी रोकिने आशा जागेको छ । पूर्व प्रशासकहरु पनि भूमि समबन्धी समस्यामाथि राजनीति हाबी भएकाले अब सरकारले आफ्ना स्थायी संयन्त्रहरुमार्फ तै काम गर्नुपर्ने मत राख्छन् ।

पूर्व भूमिसुधार सचिव गोपीनाथ मैनाली भूमिको व्यवस्थापनभन्दा वितरण गरेर भोट बटुल्न खोज्ने प्रवृत्तिका कारण यस्ता आयोग र समितिहरु बन्ने गरेको टिप्पणी गर्छन् । ‘सरकारले हलिया र कमैया मुक्तिसहित जनता आवास, भूकम्प प्रभावितका नाममा पनि पटक–पटक जग्गा र आवास दिएको छ र पनि समस्या समाधान नहुनुमा राजनीति नै मूल कारण हो’, उनले भने ।

पूर्वसचिव मैनालीले पनि यस्ता आयोग भन्दा सरकारको स्थायी संयन्त्रबाटै भूमिसम्बन्धी समस्या समाधान गर्न सकिने बताए । ‘मन्त्रालय, विभागहरु, मालपोत, नापी र गुठी कार्यालयहरुलाई पन्छाएर राजनीतिक वर्गलाई यो काम दिंदा भोटको राजननीति हुन्छ’, उनले भने ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल भूमि वा सकुम्बासी समस्या समाधानका लागि आयोग बनाउन आवश्यक नरहेको बताउँछन् । आफ्ना जिल्लाको वास्तविक सुकुम्बासीको पहिचान सम्बन्धित जिल्लामा भूमिसुधार तथा मालपोत कार्यालयले नै गर्न सक्ने उनको तर्क छ ।

‘आयोग नै बनाउने भए पञ्चायतकालदेखि हालसम्मका आयोगले वितरण गरेका जग्गा र तिनको लालपुर्जाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बन्नुपर्छ’, पूर्व सचिव त्रितालले भने ।

आयोगको नाममा नीतिगत भ्रष्टाचार भएको भन्दै उनले थपे, ‘राजनीतिक दलका नेता र भूमाफियाको मिलेमतोमा नक्कली सुकुम्बासीलाई बाँडिएका जग्गाबारे छानबिन गर्न तत्काल आयोग बनाउनुपर्छ ।’

कहिले कसको नेतृत्वमा बने आयोग ?

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM