Sunday, March 23, 2025
घरसमाचारचिर्पट प्रहारबाट कामदारको मृत्यु

चिर्पट प्रहारबाट कामदारको मृत्यु




सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

आज दिउँसो मुक्तिघाट वृहत् मुक्तिघाट क्षेत्र विकाश समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उप–महानगरपालिका–४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको हो ।

घटनामा संलग्न उमेशलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ भने फरार अनिलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -