Tuesday, May 28, 2024
घरसमाचारअछाममा आगलागीमा परि दुई जना नाबालकको मृत्यु

अछाममा आगलागीमा परि दुई जना नाबालकको मृत्यु




अछाम । अछाममा आगलागीमा परि आज बिहान दुईजना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ बस्ने खम्म बोहोराकोे खरले छाएको घरमा एक्कासी आगलागी हुँदा रमेश बोहराका ६ वर्षीय छोरा छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीय छोरी भावना बोहराको जलेर मृत्यु भएको हो ।

वडा नं ६ का वडा अध्यक्ष तिलक कडायतका अनुसार खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोमा परि ती नाबालकको मृत्यु भएको हो ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र कुमार खडकाको कमाण्डमा–२ जनाको टोली गएको अछाम प्रहरीले जनाएको छ ।  उक्त स्थान प्रहरी चौकी मेल्लेखबाट करिब १० कि.मि.दुरीमा रहेका छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -