Tuesday, May 21, 2024
घरसमाचारनेपालमै बस्ने गरि अमेरिकाबाट फर्कियो दिलिपको परिवार, बानेश्वरमा किने नयाँ घर

नेपालमै बस्ने गरि अमेरिकाबाट फर्कियो दिलिपको परिवार, बानेश्वरमा किने नयाँ घर

दिलिप रायमाझी पत्नी मञ्जु (बायाँ) र छोरी दिव्यासँग ।

काठमाडौँ । स्थायीरुपमै बस्ने गरि अभिनेता दिलिप रायमाझीको परिवार नेपाल फर्किएको छ । यसका लागि उनले हालै नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् ।

छोरी दिव्या गतसाता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला ज्वाइन गरिसकेकी छन् । ‘हामी अब नेपालमै बस्ने गरि अमेरिकादेखि फर्कियौं’ पश्चिम नेपालको दौडाहामा रहेका अभिनेता रायमाझीले अनलाइनखबरसँग भने, ‘यसका लागि हामीले घर समेत किनिसक्यौं ।’

उनले घरको मूल्य भने खुलाएनन् । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलिपले बताए ।

यसअघि दिलिप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा पनि उनले केही फिल्म, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा ब्यस्त रहे ।

दिव्याको कुरा गर्दा, उनको पहिलो फिल्म ‘एक्टर’ दुई सातामा छायांकनमा जाने तयारीमा छ । उनले अर्को फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -