२०८२ माघ २८ गते, बुधबार ०६:३३

हिउँदे अधिवेशनको कामबाट सभामुख नै असन्तुष्ट

२ वैशाख, काठमाडौं । हिउँदे अधिवेशनमा प्रतिनिधिसभाबाट भएको कामप्रति सभामुख देवराज घिमिरे नै असन्तुष्ट देखिएका छन् । आइतबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले आगामी अधिवेशन प्रभावकारी र परिणाममुखी विश्वास व्यक्त गरे ।

‘कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महसुस गरेको छु । तर, पर्याप्त भने हुन सकेन’, सभामुख घिमिरेले भने ।

उनले अगाडि भनेका छन्, ‘राजनीतिक दलहरुबीचको उच्च समझदारी विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने मैले विश्वास लिएको छु ।’

प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत माघ २२ गतेदेखि वैशाख २ गतेसम्म ७० दिन चल्यो । ७० दिनमा प्रतिनिधि सभाका २३ वटा बैठक बसे । २३ दिनमा प्रतिनिधि सभा बैठक ८१ घण्टा ५५ मिनेट चलेको छ ।

यस अवधिमा प्रतिनिधिसभाले जम्मा तीनवटा विधेयक पारित गरेको छ । जसमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक रहेका छन् । प्रतिनिधिसभाको यसै अधिवेशनले विमस्टेक बडापत्र पनि अनुमोदन गरेको छ ।

यो अधिवेशनमा प्रतिनिधि सभामा पाँच वटा विधेयक दर्ता भएका थिए । पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट पारित भएर कुल आठ वटा विधेयक प्रतिनिधिसभामा आएका थिए । तीमध्ये तीन वटा विधेयक प्रतिनिधिसभाको चालु अधिवेशनबाट पारित भएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले तेस्रो अधिवेशनको उपलब्धि सुनाएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदले पारित गरेका विधेयक र अनुमोदन गरेका सन्धि बहुमतबाट पारित भएको हो कि सर्वसम्मत हो स्पष्ट खुलाउन आग्रह गरे ।

सभामुख घिमिरेले भने यस विषयमा ध्यानाकृष्ट भएको जवाफ दिए । ‘ध्यान आकृष्ट भयो । पारित कुन मितिमा भयो, कसरी भयो, कसले गर्‍यो, कसले गरेन यी सबै कुराको विवरण यहाँ राखिएको छैन । संक्षिप्त जानकारी राखेको कुरा जानकारी गराउन चाहन्छु’, उनले भने ।

संसदमा वर्षे र हिउँदे गरी दुईवटा अधिवेशन सञ्चालन हुन्छ । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, बजेट पेश गर्ने र पारित गर्ने काम मुख्य मानिन्छ । त्यसैले कानुन निर्माण र पारित हुने अधिवेशनको रुपमा हिउँदे अधिवेशनलाई लिइन्छ ।

तर, हिउँदे अधिवेशनमा पनि कानुन निर्माण हुन नसकेको भन्दै सभामुख घिमिरेले यसअघि पनि सांसदहरुको ध्यानाकर्षण गरेका थिए । गत २७ चैतको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख घिमिरे कानुन निर्माणको प्रगति निराशाजनक रहेको स्मरण गराएका थिए ।

त्यसदिन सभामुख घिमिरेले आसनबाटै भनेका थिए, ‘(सदनमा) लामो समयसम्म छलफल गरे पनि विधायिकी कार्यमा धेरै पछाडि परेका छौं । यस मानेमा संसदको भूमिका प्रभावकारी हुन सकेको छैन ।’

विवादले विधेयक रोकिए

सरकारले प्राथमिकतामा राखेको भनिएका विधेयकहरु पनि राजनीतिक दलहरुका बीचमा सहमति नहुँदा हिउँदे अधिवेशनबाट पारित हुन सकेनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधयेक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने विषय २७ र २८ चैत तथा २ वैशाखको बैठकको कार्यसूचीमा राखे पनि अगाडि बढ्न सकेन ।

२१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमाथि सांसदहरुको करिब दुई सय वटा संशोधन प्रस्ताव परेको छ । अधिवेशन अन्त्य नहुँदै सभाले विषयगत समितिमा दफावार छलफलका लागि पठाएको भए विधेयकमाथि छलफल हुन सक्थ्यो । अब यो विधेयकमाथि संसदमा छलफल हुन अर्को अधिवेशन नै कुर्नुपर्ने हुन्छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक करिब–करिब सहमतिमा पुगेर पनि अगाडि बढ्न सकेन ।

२५ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

उक्त विधेयकमाथि समितिले दलहरुका बीचमा विवाद रहेको गम्भीर मानव अधिकार उल्लंघनको परिभाषामा सहमति जुटाएको छ । दोहोरो भिडन्त बाहेकका घटना लेख्ने वा आर्बिटरी किलिङ लेख्ने बहसकाबीच कांग्रेस, एमाले र माओवादीसहितका दलका सांसदहरु आर्बिटरी किलिङ लेखेर अगाडि बढ्न सहमत भएका छन् ।

द्वन्द्वकालीन मुद्दामा हुने सजायमा घटी सजायको विषयमा प्रतिशत तोक्ने कि न्यायाधीशको विवेकमा विश्वास गर्ने लगायत केही विषयमा दलहरुका बीचमा कुरा मिलेको छैन ।

सरकारले प्राथमिकतामा राखेको भनिएको संवैधानिक परिषद सम्बन्धी विधेयक पनि तेस्रो अधिवेशनले पास गर्न सकेन । ६ सदस्यीय संवैधानिक परिषदको निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य हुने कि नहुने भन्ने विषयमा दलहरुका बीचमा विवाद हुँदा यो विधेयक संसदीय समितिमै अड्किरहेको छ ।

नेकपा एमालेले प्रधानमन्त्री सहमत नभए परिषदका बाँकी सदस्यहरुले बहुमतका आधारमा निर्णय लिन सक्ने व्यवस्थाको वकालत गर्दै आएको छ । यसमा कांग्रेस र माओवादी सहितका दलहरु सहमत हुन सकिरहेका थिएनन् ।

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । संसद सचिलालयका अनुसार यो सहित २४ वटा विधेयक संसदीय संसदमा दुवै सदनमा विचाराधीन छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM