Tuesday, May 28, 2024
घरसमाचारपोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी 

पोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी 




पोखरा ।  पोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी भएको छ ।

पोखरा महानगरपालिका–२९ शिशुवास्थित विन्ध्यवासिनी आयल स्टोरमा पेट्रोल भर्ने क्रममा आज दिउँसो ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो 

आगलागी हुन साथ स्थानीय र शिशुवा प्रहरी चौकीको टोलीले समयमै आगो नियन्त्रणमा लिन सफल हुँदा पम्पसहितको बस्तीलाई बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

पेट्रोल भर्ने क्रममा उक्त स्कुटर अत्याधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको र उक्त स्कुटर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -