Sunday, March 23, 2025
घरसमाचारसुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी ।

२ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा)कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् ।

उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् । ‘उहाँले दुबै पक्षलाई कानुनी परामर्शपछि मात्र निर्णय लिने बताउनुभएको छ’ स्रोतले भन्यो, ‘आवश्यक परे भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउँछु भन्नु भएको छ ।’

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

नउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस (१८) र एकीकृत समाजवादी (४) को समर्थनमा दावी पेश गरेका छन् ।

नाउपाकै कैलाश चौधरीले एमाले (१०), माओवादी केन्द्र (सभामुखसहित ११) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेका हुन् । उनका पक्षमा २ सांसद छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -