२०८२ माघ ५ गते, सोमबार १६:३६

नयाँ वर्षमा नयाँ मान्यता : उद्यम, व्यवसायलाई सम्मान गरौं

‘यति राम्रो एङ्करिङ (उद्घोषण) गर्नेले पनि पाउरोटी बेच्ने ?’ यो एक जना राम्रै पदमा जागिर खाने सरकारी जागिरेले झापाकी परिचित सञ्चारकर्मी भीमा शिवाकोटीलाई गरेको प्रश्न हो । भीमा शिवाकोटीले एक प्रसङ्गमा सुनाउनुभएको थियो ।

उहाँ झापामै स्थापित बेकरी उद्योग समेत चलाउनुहुन्छ । उत्पादनदेखि बजारीकरण हेर्नुहुन्छ, सफल उद्यमी हुनुहुन्छ । तर लामो समय झापाको पुरानो र स्थापित कञ्चनजङ्घा एफएममा विभिन्न कार्यक्रम चलाउनुभयो ।

धेरै कार्यक्रममा आवाज दिनुभयो । सार्वजनिक कार्यक्रममा राम्रो उद्घोषण गर्नुहुन्छ । सामाजिक क्षेत्रमा उहाँको पहिलो र स्थापित पहिचान सञ्चारकर्मीको रूपमा छ । सञ्चारकर्मीको रूपमा उहाँ आफू जागिरे हुनुहुन्थ्यो । सायद अहिले त्यो जागिर छैन । किनकि उहाँले काम गरेको एफएम नै बन्द छ ।

तर उहाँले निकै पहिलादेखि नै चलाएको उद्योगले दर्जन बढीलाई रोजगारी दिएको छ । विभिन्न शीर्षकमा राज्यलाई कर तिर्छ । बजारको आवश्यकता पूरा गरेको छ । सीप र क्षमताको विकास भएको छ । तर एउटा पढेलेखेको सरकारी जागिरमा भएको मानिस उनलाई उद्यमीको रूपमा सम्मान गर्न स्याबास भन्न तयार छैन । अझ ‘यस्तो मान्छेले पनि पाउरोटी बेच्ने हो ?’ भनी प्रश्न तेर्स्याउँछन् ।

हुनत सरकारी जागिरमा भएका कैयौं हिम्मतिला मानिसले जागिरको घेरा तोडेर र जागिर छोडेर उद्यमी बनेका उदाहरण पनि छन् । जागिर छोड्दा पक्कै पनि तिनलाई कतिपयले भइरहेको जागिर छोडेर बुद्धि बिगारेको पनि भने होलान् । तर भन्नेहरूलाई बेवास्ता गरेर उनीहरूले आफ्नो चाहना पूरा गरेका र सम्भावनालाई पछ्याउँदै प्रगति गरेका छन् । भीमाजीले बेवास्ता नै गर्ने हो तर यो समाजको दृष्टिकोण पनि हो । त्यसैले यसमा चर्चा गर्नैपर्छ ।

म आबद्ध सहकारी संस्थाले सदस्यलाई उद्यम एवम् व्यवसायसँग जोड्ने उद्देश्यले सदस्य उद्यमशीलताका बारेमा झापाकै एउटा कार्यक्रममा उपस्थित भएँ । अनेक सम्भावनाको चर्चा गरियो । उद्यमका जोखिम र सफल बनाउन चालिनुपर्ने उपायका बारेमा छलफल भए ।

साना उद्यम, साना व्यवसाय गर्नेको इज्जत नहुने वा तिनलाई सम्मान नगर्ने भएपछि मानिस हत्तपत्त जीवन निर्वाहको आधार ती व्यवसायलाई बनाउन चाहँदैनन् ।

कार्यक्रम सकिएपछि एकजना मिहिनेती शिक्षकले सुनाए– बारीमा फलाएको तरकारी बेच्न क्रेटमा हालेर साइकलमा बजार डुलाएछन् ।

तरकारी त कसैले सोधेनन्, किनेनन् घर पुग्ने बेलमा कसैले प्याच्च भनेछन् मास्टर भएर पनि तरकारी बेच्न हिंडेको ? त्यसपछि फेरि उहाँलाई आफ्नो उत्पादन बेच्न बजार जाने जाँगर नै चलेन रे !

मेरो विचारमा उहाँले बेच्न लगेको तरकारी किन कसैले सोधेनन् भन्दा उहाँलाई तरकारी बेच्न हिंडेका हुन् भनेर समाजले पत्याएन । ‘तरकारी आयो, तरकारी आयो– आफ्नै बारीको ताजा तरकारी आयो’ भनेर कराउन उहाँको शिक्षक पेशा र उहाँले धारण गरेको सामाजिक मान्यताले दिएन ।

मेरो बुझाइमा यो समाजमा तरकारी तथा फलफूल डुलाएर बेच्नेको सामाजिक हैसियत निर्धारित छ । शिक्षक, कर्मचारी, राजनीतिकर्मी, मझौला व्यापारी, उद्योगी, ठेकेदार, जग्गाका व्यापारी आदि पेशा वा व्यवसायमा लागेका मानिसलाई सामाजिक हैसियत भएको मानिन्छ ।

तर तरकारी, फलफूल, पानीपुरी, चटपटे आदि बेच्ने, घुमुवा व्यापारी, श्रम गर्ने किसान, मजदुर, रिक्सा, ठेला, अटो चालक, ड्राइभर, प्लम्बर, डकर्मी, सिकर्मी, पेन्टर, केश काट्ने, जुत्ता बनाउने, कपडा सिलाउने, सरसफाइ गर्ने आदिको काम गर्ने मानिसलाई समाजले खासै सम्मानको नजरले हेर्दैन ।

उनीहरू माथि त बोलीचालीमा आदरार्थी शब्दको प्रयोग गर्न पनि कञ्जुस्याईं गरिन्छ । त्यसैले भनिएको होला ‘समाजमा बाख्रा डोर्‍याउनेको भन्दा कुकुर डुलाउनेको इज्जत हुन्छ ।’

साना उद्यम, साना व्यवसाय गर्नेको इज्जत नहुने वा तिनलाई सम्मान नगर्ने भएपछि मानिस हत्तपत्त जीवन निर्वाहको आधार ती व्यवसायलाई बनाउन चाहँदैनन् । एकै पटक अलि ठूलो व्यवसाय गर्न खोज्दा जोखिम पनि ठूलै हुन्छ । अनुभव, ज्ञान, सीप, क्षमता, धैर्य आदिको अभावमा अलि ठूलो व्यवसायको जोखिम लिंदा असफल हुने सम्भावना बढी हुन्छ ।

सिक्न र अनुभव लिन सानो व्यवसायबाट सुुरु गर्दा इज्जत नहुने भन्ने लाग्छ । ‘यत्रो पढेको मान्छे हेर फेरि यस्तो काममा लागेछ’ भनेर समाजले कुरा काट्न अहिले पनि छाडेको छैन ।

मेरो आफ्नै अनुभव कस्तो छ भने मेरो छोराले सन् २००६ मा काठमाडौं युनिभर्सिटीबाट राम्रो नम्बर ल्याएर (गोल्ड मेडलिस्ट) एमबीए गर्‍यो । म झापामा बसेर मझौलास्तरको व्यवसाय गरिरहेको थिएँ । म चाहन्थें छोराले मेरो व्यवसाय गरोस् ।

मैले विभिन्न तरिकाले उसलाई सम्झाउने कोसिस गरिरहेको थिएँ । नेपालमा बैंकिङ व्यवसायको जोडतोडले विस्तार भइरहेको त्यो समयमा यत्तिको जनशक्तिका लागि बैंकको जागिरले नै पछ्याएको थियो ।

राष्ट्र धनी हुन जनता धनी हुनुपर्छ । जनता धनी हुन उद्यम व्यवसाय फस्टाउनुपर्छ । काम गर्ने उमेरका सबै मानिस काममा हुनुपर्छ । धेरै मानिसलाई रोजगारी र काममा जोड्ने भनेको उद्यम व्यवसाय हो ।

केयूले नै आफ्ना अब्बल विद्यार्थीको बायोडाटा विभिन्न स्थापित कम्पनीमा पठाउने गर्दो रहेछ । छोरालाई निकै ठाउँबाट अफर आएको बुझेको थिएँ । ऊ दोधारमा थियो । उसको विवाह पार्टीमा कलेजका एकजना प्रोफेसरले छोरालाई एकेडेमिक क्षेत्रमा नै छाडदिन मलाई सुझाएका थिए । म धन्यवाद भनेर हाँसें मात्र ।

मेरा परिवारका सदस्य, आफन्त, शुभचिन्तक सबैजसोले मेरो छोराले राम्रो जागिर पाउँछ, राम्रो जागिर खान्छ भनेर अनुमान लगाउँथे र त्यसै गरोस् भन्ने चाहन्थे । पछि जब छोराले मैले गरिरहेको व्यवसायमा सघाउन थाल्यो तब केही एकदमै निकटतम आफन्तले ‘यत्रो पढ्यो, ट्यालेन्ट छ, कुनै राम्रो जागिरमा लगाउनु न किन व्यवसायमा लगाएको ?’ म सुनेर हाँसें मात्र ।

म आज एकदमै सन्तुष्ट छु । छोराले मेरो व्यवसायलाई विस्तार गरेको छ । मैले जीवनभर मिहिनेत गरेर स्थापित गरेको व्यवसायले उत्तराधिकारी पाएको छ । केही दर्जन मानिसले यसमा रोजगारी पाएका छन् । सरकारले धेरथोर कर राजस्व पाएको छ । म र मेरो परिवार राजस्व जम्मा गर्ने हैसियतमा छौं ।

राष्ट्र धनी हुन जनता धनी हुनुपर्छ । जनता धनी हुन उद्यम व्यवसाय फस्टाउनुपर्छ । काम गर्ने उमेरका सबै मानिस काममा हुनुपर्छ । धेरै मानिसलाई रोजगारी र काममा जोड्ने भनेको उद्यम व्यवसाय हो । ठूला उद्यम व्यवसायले धेरैलाई रोजगारी दिन सक्छन् भने साना उद्यमले उद्यम गर्नेको परिवारलाई स्वरोजगार बनाउँछ ।

साना उद्यम गरेर अनुभव, ज्ञान, सीप आर्जन गरेर सफल भएकाले ठूलो व्यवसाय एवम् उद्यमको सपना देख्छन् । सयौं सफल साना उद्यमी व्यवसायीबाट केही ठूला उद्यमीको जन्म हुन पुग्छ अर्थात् सानो व्यवसाय बढेर ठूलो व्यवसाय बन्न सक्छ । एउटा सफल उद्यमी व्यवसायीले अर्को नयाँ उद्यम सुरु गर्न सक्छ ।

पछिल्ला दशकहरूमा यस्ता थुप्रै साना उद्यमीले राष्ट्रियस्तरमा आफ्ना व्यवसाय र उद्यमको विस्तार गरेको उदाहरण नेपालमा नै धेरै छ । चीनमा सुरुमा बच्चाका खेलौना बनाउने थुप्रै कम्पनी अहिले विश्वस्तरमा बिक्ने सामान बनाउने ठूला–ठूला कम्पनीमा विकास भएको सुन्न र पढ्न पाइन्छ । नेपालकै चौधरी ग्रुप, सुजल फुड (लक्ष्मी ग्रुप), आईएमई ग्रुप, बुद्ध एयर, यती एयर लगायत दर्जनौं कम्पनीको नाम दुई–तीन दशक अगाडि सुनिंदैनथ्यो ।

उद्यम र उद्यमीको विकास विना देशको विकास सम्भव छैन । निजी क्षेत्रमा उद्यमी र उद्यमले नै देशमा पूँजी निर्माण गर्ने, पूँजी परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने, राज्यको आम्दानी वृद्धि गर्ने, आयात कम गर्न उत्पादन गर्ने, उपभोक्तासम्म वस्तु र सेवाको पहुँच पुर्‍याउने काम गर्ने हुन् ।

सरकारले ‘फियर’ उद्यमी र व्यवसायीका लागि अनुकूल वातावरण बनाउने काम गर्नुपर्छ । यसका लागि गलत गर्नेलाई दण्डित गर्ने, ‘फियर’ उद्यम व्यवसाय गर्न प्रेरित गर्ने र ‘फियर’ गर्नेलाई सम्मान गर्ने चलन बसाउनुपर्छ । सामाजिक मूल्यमान्यता नै यस अनुकूल निर्माण गर्नुपर्छ ।

केही दिन पहिले एउटा उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी बन्न पुगें । कार्यक्रममा संघले उत्कृष्ट पत्रकार र उत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गर्‍यो । यो आफैंमा राम्रो काम हो । जो पुरस्कृत भए ती त्यस विधाका लागि उपयुक्त पात्र थिए भन्ने मलाई पनि लाग्यो ।

तर त्यो कार्यक्रममा कुनै उद्यमी वा व्यवसायी पुरस्कृत भएनन्, गरिएन । किन ? आफ्ना सदस्यमध्ये वा आफ्नो कार्यक्षेत्रभित्र स्वरोजगार बनेका, रोजगारी सिर्जना गरेर धेरैलाई रोजगारी दिन सफल, उत्पादनमा लागेका, व्यावसायिक कृषिमा लागेका, सेवा व्यवसायमा लागेकाहरू सम्मानका हकदार हुन् ।

यस्तै राजस्वमा अधिक योगदान गरेका, ‘फियरमध्येको उत्कृष्ट फियर व्यवसायी’, ग्राहक सेवामा उत्कृष्ट, वस्तु वा सेवाको उत्पादनमा उत्कृष्ट, निर्यातजन्य वस्तु उत्पादक आदि भनेर केही थान उद्यमीलाई सम्मान गर्दा उद्यमी व्यवसायीको हौसला नै बढ्ने थियो । यसमा खर्च धेरै गर्नै पर्दैन । तर किन भएन ? किन यसमा कसैको ध्यान गएन ?

सायद यो देशभरिकै कथा हो कि ! किनकि यहाँ (समाजमा) उद्यमीलाई सम्मान गर्नुपर्छ भन्ने सोचमा नै खडेरी परेको छ । साना व्यवसाय, साना उद्यम गर्नेलाई वर्गीय विभेद गर्ने चलन छ । त्यसैले यस्तो पेशामा आउन युवा पुस्ता रुचि देखाउँदैन ।

मैले सधैं कपाल कटाउने गरेको सैलुनमा एक दिन छोरा पुस्ताले मेरो कपाल काटिदिए । ती युवा नजिकैको सामुदायिक क्याम्पसमा डिप्लोमाको अन्तिम वर्षमा अध्ययनरत भएको थाहा थियो । कपाल कटाउँदा ती व्यवसायीका परिवारका बारेमा सोधखोज गरेको थिएँ । सुखदुःखका कुरा सुनाउथे, गफ हुन्थ्यो ।

पढेलेखेको छोरा पुस्ताको हातबाट मैले सेवा पाउँदा एकदमै खुसी लाग्यो, गर्व लाग्यो । उनलाई प्रोत्साहन गर्न पैसासँगै धन्यवाद दिएँ र भनें– ‘बुबाको पेशा सिकेकोमा बधाई छ ।’ उनले भने– ‘अंकल कलेजले त सर्टिफिकेट मात्रै दिने हो सीप त आफैं सिक्नुपर्छ, सीप नभई कमाउन सकिंदैन ।’

लाग्यो यस्तो अनुभूति सबैमा भइदिएको भए ! पेशाको महत्व त उनैले पुष्टि गरिसकेका थिए । म जस्तै कपाल कटाउन जाने मानिसले ‘यत्रो पढेको मान्छे किन कपाल काटेर बसेको’ भने उनले सजिलै पचाउलान् वा विदेश नै जाने सोच बनाउलान् ? म सोच्ने गर्छु ।

साना व्यवसायीलाई हेप्ने गरिन्छ भने अलि ठूला व्यवसायी उद्यमीलाई अक्करमा पारेर, धम्क्याएर ‘पैसा झार्ने’ सोच समाजमा हावी छ । जब ‘फियर’ काम गर्दा पनि पैसा नदिई हँुदैन भने किन ‘फियर’ गर्नु भन्ने सोच र बाध्यता व्यवसायी तथा उद्यमीमा पनि छ ।

अवस्था र सोच कस्तो छ भने एउटा व्यावसायिक प्रतिष्ठानमा सरकारी टोलीको अनुगमन भयो । अनुगमनमा सबै कुरा ठिकठाक देखियो । दोष देखाउने र जरिवाना गर्ने ठाउँ नै भएन । त्यसपछि सरकारी मानिसले भनेछन्, ‘तपाईंले सबै ठीक गर्नुभएको रहेछ गलत केही देखिएन, तर हामीले तपाईंलाई कुनै जरिवाना गरेनौं भने त हामीमाथि नै शंका गर्छन्, तपाईंसँग मिलेको भन्ने आरोप लाग्छ, त्यसैले तपाईंकै सहमतिमा एउटा बिल बिगारेर भए पनि पाँच हजार जरिवाना गरेको देखाउँछौं ।’

व्यवसायीले अमिलो मन पारेर स्वीकृति दिएछन् । धन्यवाद भन्नुपर्ने, उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्ने ठाउँमा जरिवाना (सत्य घटनामा आधारित) । अर्थात् सबै व्यवसायीले गल्ती गर्छन्, लुकाउँछन्, ढाँट्छन् भन्ने मान्यता छ ।

सत्य के हो भने जबसम्म उद्यम व्यवसाय गर्नेको सम्मान र ‘फियर’ बिजनेस वा उद्यम गर्ने वातावरण बन्दैन तबसम्म व्यवसायको अनुकूल वातावरण हँुदैन । यसको अर्थ राम्रो समय आएपछि उद्यम वा व्यवसाय गरौंला भनेर पर्खने होइन राम्रो समय ल्याउनका लागि, उद्यम व्यवसायको सम्मान हुने अवस्थाको सिर्जना र विकास गर्नका लागि हामी सबै मिलेर काम गर्ने हो ।

समाजका चलन, मूल्य र मान्यताहरू बदल्न आवश्यक छ । जसरी राजनीतिक व्यवस्था बदल्न हामी धेरै मानिसले काम गर्‍यौं व्यवस्था बदलियो अब आर्थिक अवस्था बदल्नका लागि आ–आफ्नो स्थानबाट योगदान गरौं । नयाँ वर्ष २०८१ ले हामी सबैलाई यो अवसर प्रदान गरेको छ । यसको सदुपयोग गरौं । नयाँ वर्षको सबैमा शुभकामना !

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM