Sunday, December 8, 2024
घरसमाचार‘शिक्षाको गुणस्तर सुधार आधारभूत तहबाटै थालनी गर्नुपर्छ’

‘शिक्षाको गुणस्तर सुधार आधारभूत तहबाटै थालनी गर्नुपर्छ’




काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ।

स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले आज शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताउनुभयो । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उहाँको भनाई थियो ।

हरेक व्यक्तिमा बहु आयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक(फरक क्षमता रहने गरेको बताउनुभयो । त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थियो ।

स्मृतिसँग आफ्नो पनि व्यक्तिगत भावना जोडिएको भन्दै मन्त्री चौधरीले इनोभेटिभ क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परिपाटीको प्रशंसा गर्नुभयो । आफ्ना स्वर्गीय श्रीमान् दिनेश चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्र, दिनेश स्मृति पोल टेक्निकल र आधारभूत सामुदायिक विद्यालयमार्फत शिक्षा क्षेत्रमा काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो ।

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विभागीय प्रमुख डाक्टर डम्बर चेमजोङलाई सम्मान गरिएको थियो । त्यस क्रममा उहाँले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो ।

स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा हुनुहुन्थ्यो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -