Wednesday, September 11, 2024
घरसमाचारचितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया 

चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया 

चितवन । चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया गरिएको छ । 

युनेस्को र क्लाइमेट एक्सन च्याम्पियन नेटवर्कको आयोजनामा आज भरतपुरमा स्थानीय युवा र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रियामा युनेस्को संस्थाकी कार्यक्रम संयोजक एवं युनेस्कोका प्राकृतिक विज्ञान अधिकृत सिजल पोख्रेल र सामाजिक र वातावरणीय परिवर्तन अध्ययन (आइएसइटी)का कार्यकारी निर्देशक कञ्चनमणी दीक्षित प्रस्तुतीकरण दिनुभएको थियो ।

संयोजक पोखरेलले जलवायु विज्ञान साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिँदै पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका अन्य राष्ट्रमा चुनौती थपिँदै गएको बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोप तथा मानिसको दैनिक जीवन, स्वास्थ्यमा समेत गम्भीर असर परेकोले यसको न्यूनीकरणका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो । 

जलवायु वातावरणकै कारण अत्यधिक गर्मी, वन वातावरण असर पर्नुका साथै प्राणी तथा जीवात्मा समेत लोप हुँदै गएको भन्नुहुँदै उहाँले जलवायु परिवर्तनले पार्ने असरका बारे सचेतनाको लागि सरकार, सरकारी निकाय, नागरिक तथा सञ्चारकर्मीको पनि उत्तिकै दायित्व रहेको बताउनुभयो । 

जलवायु र दिगो विकास सम्बन्धी प्रस्तुतीकरण दिँदै आइएसइटीका निर्देशक दीक्षितले जलवायु परिवर्तनले गरिब मुलुक र गरिब समुदायलाई थप असर पार्दै गएको बताउनुभयो । उहाँले सरकारको नीति र अभ्यासको तालमेल नहुँदा जलवायुका कारण हरेक बर्ष नेपालले प्राकृतिक प्रकोप र मानवीय क्षति व्यहोर्दै आएको बताउनुभयो । 

जलवायु परिवर्तनको सम्बोधनको लागि १७ वटा लक्ष्य तयार पारिएको जानकारी दिनुहुँदै उहाँले यसले नेपालको जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । 

सो अवसरमा स्थानीय युवा तथा सञ्चारकर्मीले यस विषयमा भोगेका चुनौती र अनुभव साटासाट गरिएको थियो । 

संस्थाले मङ्गलवार चितवनका विभिन्न कलेजका विज्ञान शिक्षक र बिहीबार स्थानीय प्रतिनिधिसँग अन्तरक्रिया एवं अभिमुखीकरण गरेको थियो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -