२०८२ माघ ४ गते, आईतवार २०:२२

 फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

२९ चैत, काठमाडौं । तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कप सुरु गर्दैछ ।

भोलि शुक्रबार ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्नु हुनेछ ।

किनकि दुई महिनापछि हुने टी–२० विश्वकपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तान परेन । सुपर एटमा पुग्यो भने मात्र भारत वा पाकिस्तानसँग खेल्ने अवसर जुर्नेछ । सुपर एटमा पुग्न दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको समूह डीको शीर्ष दुईमा पर्नुपर्छ, जुन सहज छैन ।

एसीसी प्रिमियर कपमा उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुनसक्छ ।

छनोट प्रतियोगिताबाट गएको हङकङ एसिया कपमा चार पटक (२००४, २००८, २०१८ र २०२२) नै भारत र पाकिस्तान रहेको समूहमा परेको थियो ।

गतवर्ष पनि एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपाली खेलाडीहरुका लागि पाकिस्तानका बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, अनि भारतका विराट कोहली, रोहित शर्मा जस्ता खेलाडीविरुद्ध खेल्नु आफैंमा ऐतिहासिक अवसर थियो ।

त्यसैले भोलि शुक्रबारदेखि ओमानमा सुरु हुने एसीसी प्रिमियर कपको च्याम्पियनले २०२५ मा एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने सम्भावना छ ।

एसिया कपमा पुग्नु एसीसी प्रिमियर कपमा सहभागी सबै टोलीको लक्ष्य हो । प्रतियोगिताको समूह ए मा नेपाल, मलेसिया, साउदी अरेविया, कतार र हङकङ छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत परेका छन् ।

नेपाल टी–२० आई वरीयतामा १७ औं स्थानमा छ । र, नेपालभन्दा माथिल्लो बरियताको युएई (१६ औं) मात्रै हो । ओमान १८औं, हङकङ २१औं, मलेसिया २५औं, बहराइन २७औं, कतार २८औं र साउदी अरेविया ३१औं स्थानमा छन् ।

२०१९ मा नेपाल ११औं वरीयतामा भएपनि विश्वकप टी–२० छनोटमा आफूभन्दा निकै तल्लो बरियतामा भएको कतार र घरेलु टोली सिंगापुरसँग पराजित भएको थियो । त्यसैले वरीयताभन्दा हरेक दिन सर्वोत्कृष्ट खेल बाहेक अर्को विकल्प छैन ।

ब्याटिङ मुख्य हतियार, डेथ ओभर कमजोरी

नेपालको अन्तिम १४ सदस्य टोलीमा स्पिनर ललित राजवंशी र पेसर अभिनाश बोहरा बाहेक अन्य सबै राम्रो ब्याटिङ गर्दछन् । अभिनाश र ललित दुबै एकसाथ प्लेइङ–११ मा खेल्ने सम्भावना कम छ । खेल्दा पनि नेपालको ब्याटिङ ९ औं नम्बरसम्म हुनेछ ।

ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा अनिलकुमार शाह, चौथो नम्बरमा रोहित पौडेल, पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी, छैटौंमा कुशल मल्ल र सातौंमा सन्दीप जोराको सम्भावना छ । त्यसपछि क्रमशः गुलशन झा, करण केसी, सोमपाल कामी आउने सम्भावना छ ।

यद्यपि टोलीको आवश्यकता र परिस्थिति अनुसार नेपालको ब्याटिङक्रम परिवर्तन हुने सम्भावना रहन्छ । प्रशिक्षक मोन्टी देशाईले खासगरी विकेट छिटो पतन भएको अवस्थामा गुल्सन झालाई चौथो नम्बरमा पठाउने गरेका छन् ।

दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल प्रमुख हतियार हुन् । रोहित र आसिफ इनिङ विकास गर्दै र बाँकी टी–२० शैलीमा खेल्नुपर्ने हुन्छ । खराब सुरुवात गर्दा पूनरागमन वा राम्रो सुरुवातमा विशाल योगफल बनाउने टोलीमा दम छ ।

यदि नेपाललाई केहीको चिन्ता छ भने त्यो डेथ ओभर बलिङ हो । डेथ ओभर स्पेशलिस्ट भनिएका अभिनाश मात्र होइन, अन्य बलरको प्रदर्शन राम्रो छैन । त्यसैले अन्तिम पाँच ओभर बलिङ नेपाललाई निकै चुनौतीपूर्ण हुनसक्छ ।

पछिल्लो समय घरेलु मैदानमा सानदार प्रदर्शन गरेको छ । एसोसिएटका सबै शीर्ष टोलीलाई घरेलु मैदानमा हराइसकेको छ ।

तर नेपाल र ओमानको कन्डिसन फरक छ । ओमानको गर्मीमा खेल्न कठिन हुनसक्छ । पूर्वस्पिनर शक्ति गौचन भने नेपाली टोली भारतको गुजरातमा फ्रेन्डसिप कप खेलेर गएकाले कन्डिेसनले धेरै फरक नपर्ने विश्वास राख्छन् । ‘गुजरात र ओमानको कन्डिसन १९/२० नै हो । त्यहाँ खेलेको हुँदा कन्डिसनको समस्या नहुन सक्छ’, शक्तिले अनलाइनखबरसँग भने ।

विदेशमा जित्न चुनौती

एसीसी प्रिमियर कप खेल्ने कुनै पनि टोलीलाई कमजोर भन्न मिल्दैन । टी–२० फर्म्याटमा एकले अर्कोलाई हराउन सक्छन् । यद्यपि डिफेण्डिङ च्याम्पियन नेपालसँगै हङकङ, यूएई र घरेलु टोली ओमानलाई उपाधि दावेदार मानिएको छ ।

हङकङले पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिताहरुमा राम्रो गर्न सकेको छैन ।

गतवर्ष नेपालले प्रिमियर कपको फाइनल र आईसीसी विश्वकप एसिया टी–२० छनोटको सेमिफाइनल दुवैमा नेपालले घरेलु मैदानमा युएईलाई हराएको थियो । तर ओमानले गत नोभेम्बरमा भएको टी–२० विश्वकप एपयिा छनोटको समूह चरण र फाइनल दुबैमा नेपाललाई घरेलु मैदानमै आएर हराएको थियो ।

यो पटक विदेशी भूमिमा खेलेर पनि उपाधि जित्नुपर्ने चुनौती नेपाली टोली सामू छ । ‘घरेलुमा हाम्रो धेरै पहिलादेखि इतिहास राम्रो छ । विदेशमा समस्या पर्दै आएको छ’ पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘अहिले टोली जुन लयमा छ, जस्तो तयारी गरेको छ, त्यसले यो चुनौती सहज रुपमा चिर्छ जस्तो मलाई लाग्छ ।’

पूर्व स्पीनर शक्ति गौचन पनि एसिया कपमा पुग्दा भारत र पाकिस्तान जस्ता देशसँग खेल्न पाउने भएकाले त्यसअनुसार नै खेल्नुपर्ने बताउँछन् । ‘राम्रो प्रदर्शन गर्दा आईसीसीले पनि हेर्छ । एसिया कपमा पुग्न सके नेपाली क्रिकेटको लागि एकदमै ठूलो प्लेटफर्म हुनेछ’ उनले भने, ‘त्यो सोचेर खेल्नु पर्‍यो ।’

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।

नेपालको खेल तालिका

चैत्र ३० शुक्रबार – नेपाल र मलेसिया, दिउँसो ४ : १५

वैशाख १ शनिबार– नेपाल र कतार, दिउँसो ४ : १५

वैशाख ३ सोमबार – नेपाल र हङकङ, मध्याह्नन ११ : ४५

वैशाख ५ बुधबार – नेपाल र साउदी अरेविया, मध्याह्नन ११ : ४५

बैशाख ७ शुक्रबार – सेमिफाइनल

वैशाख ८ शनिबार –तेस्रो स्थानको लागि

वैशाख ९ आइतबार – फाइनल

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM