Tuesday, May 28, 2024
घरसमाचार२० किलो गाँजासहित महोत्तरीबाट वडासदस्य पक्राउ

२० किलो गाँजासहित महोत्तरीबाट वडासदस्य पक्राउ

२९ चैत, जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अंसारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडासदस्य हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो ।

खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी जयसवारले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -