२०८२ माघ २४ गते, शनिबार ००:५७

प्रज्ञामा सिस्नुपानीको राष्ट्रचिन्तन

२६ चैत, काठमाडौं । ओहदाले पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनाल, माधव नेपाल, खिलराज रेग्मीले आसनग्रहण गर्दा जति ताली बज्यो त्यो भन्दा दसौं गुणा ताली मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम उद्घोषकले लिँदामात्रै बज्यो । खासमा महजोडी प्रज्ञाप्रतिष्ठानमा आइपुगेका पनि थिएनन् । अझ बढ्ता ताली पाए सन्दुक रुइतले ।

घोडेजात्राको दिन पारेर सोमबार साँझ सिस्नुपानी नेपालले ‘राष्ट्र’ थिममा विभिन्न कलाकारिता प्रदर्शन गर्‍यो । प्रमुख अतिथिका रुपमा केही ढिलो आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेल, उनीभन्दा अघि आइपुगेका प्रधानमन्त्री प्रचण्ड, प्रथम राष्ट्रपति रामवरण यादवभन्दा बढ्ता ताली त भगवान कोइरालाले नै पाए । तीन तलासम्म खप्टिएर बसेका दर्शकले गरेको यो निसंकोच अनुमोदनले नेपाली समाजको मुड कता जाँदैछ भनी संकेत गर्छ ।

‘मुटुको डाक्टर भएकाले म मुटुबाटै बोल्ने गर्छु,’ हृदयरोग विशेषज्ञ कोइरालाले भने, ‘राजनीतिकर्मी मस्तिष्क हुन्, पेशाकर्मी, कर्मचारी आदि चाहिँ मुटु । मुटुलाई स्वस्थ राख्न योगदान दिनुभयो भने देशकै स्वास्थ्य राम्रो हुन्छ ।’

सुरुमा सातै प्रदेशका संगीत प्रस्तुतिलाई प्राज्ञ अशोक राईले संयोजन गरेसँगै सुरु भएको कार्यक्रममा अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, मनोज गजुरेल, चक्र दवाडी, नेपाली सेना, मेनुका पौडेल, दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, महजोडी, संगीता राना, लोचन भट्टराई, कुन्ती मोक्तान, देविका वन्दना, आनी छोइङ, धीरेन्द्र प्रेमर्षि, सत्य–स्वरुप आचार्य लगायतले संगीत प्रस्तुति दिए । नृत्यहरु प्रस्तुत गरिए । मनोज गजुरेल र दवाडीले सहिदगेटको प्रस्तुतिमा शुक्रराज शास्त्री र दशरथचन्द ठाकुर बनेर ८० वर्षपछिको समयका नेताहरुलाई व्यंग्य मारे ।

सिस्नुपानीका गाम्नागेले राष्ट्रवादका नाममा विरोधका आवाज निकाल्नै डराउने, सत्तासीनलाई प्रश्नै गर्न डराउनै शैलीको जमेर आलोचना गरे । राष्ट्रको विरासत भन्दै अतितमोहमा ग्रस्त हुने, भुगोललाई मात्रै राष्ट्र मान्ने चिन्तनलाई प्रश्न गर्दै जनताले आज वर्तमानमा भोगेका दुःखसुखसमेतलाई बुझेर नीति योजना बनाउन उनीहरुले कार्यक्रममा प्रस्तुति राखे ।

अर्जुन पराजुलीका कवितापिच्छे दर्शकले अनुमोदन गर्दै ताली बजाए । युवा पुस्ताको प्रतिनिधित्व गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले सरकारलाई जनताको सेवक मानेर प्रश्न गरिरहन आग्रह गरिन् । सुमनालाई भाषण छोट्याउन दर्शकबाट हुटिङ भयो । अर्थात्, जनतासँग नेताप्रति प्रश्न छ, कलाकारप्रति ताली भन्ने सन्देश पनि त्यसभित्र सुषुप्त देखिन्थ्यो ।

गन्डकी स्कुल पोखराबाट आएकी कक्षा सातकी विद्यार्थी प्रेन्सा रेग्मीले नेपालको अवस्था किन पछौटेपनमै रह्यो भनी प्रश्न उठाइन् । फरक क्षमता भएका व्यक्तिहरुले कार्यक्रममा उल्लेख्य भूमिका पाएका थिए ।

मिथिला मधेसदेखि हिमाल पहाडसम्मका संस्कृति पेश भएको कार्यक्रममा सिस्नुपानीको कार्यक्रमका परिकल्पनाकार टंक आचार्यले इन्डियन आइडलको टप टेनमा पर्न सफल मेनुका पौडेललाई लाख रुपियाँ नगदले सम्मान गरेका थिए । राष्ट्रपति पौडेलले उनलाई कदरपत्र दिए ।

नेपाली नेपालको माया छ कि छैन, यो मेरो टोपी हो, होसियार यस बखत लगायत गोपाल योन्जन, अम्बर गुरुङ आदिले विगतमा गाएका गीतहरुलाई रोचक प्रस्तुतिसहित देखाइएको थियो । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतले संक्षिप्त मन्तव्य सहित कार्यक्रम सकिएको थियो । नेताहरु नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, गगन थापा, योगेश भट्टराई लगायत सहभागी थिए भने विभिन्न क्षेत्रका व्यक्ति तथा नयाँ पुस्ताका विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।

परिकल्पनाकार टंक आचार्यले २६ वर्षयता सिस्नुपानीको अनवरत कलायात्रालाई राष्ट्रको चिन्तनधारासँग जोड्ने हेतुले कार्यक्रम आयोजना गरेको बताए । ‘सामाजिक विकृतिलाई व्यंग्यमार्फत समाज रुपान्तरणका लागि काम गर्दै आयौं, अब राष्ट्रको मनोबल उठाउनका लागि कलामार्फत योगदान गर्न चाहन्छौं,’ आचार्यले भने । सन्चालक सरोज घिमिरेले खचाखच दर्शकलाई अभिवादन गर्दै सिस्नुपानीको कमाई भन्दै कृतज्ञता व्यक्त गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM