Friday, April 12, 2024
घरसमाचारराष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ : अध्यक्ष नेपाल

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ : अध्यक्ष नेपाल




काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताउनुभयो । गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उहाँको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँमा बिहीबार रौतहट टाइम्स साप्ताहिकको २६ औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : मधु शाही/रासस

“देश भ्रष्टाचारले ग्रस्त बन्दैछ”, अध्यक्ष नेपालले भन्नुभयो, “यसमा राज्य प्रशासनकै कमजोरी छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दैआएको उहाँले जिकिर गर्नुभयो । 

कार्यक्रममा पूर्वमन्त्री वंशीधर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, रौतहट गौर नगरपालिकाका अध्यक्ष शम्भु साह, रौतहट टाइम्स साप्ताहिकका सम्पादक गोविन्दप्रसाद चौलागाईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments