Tuesday, October 15, 2024
घरसमाचारनयाँ वर्ष २०८१ मा श्रीअन्तुमा महोत्सव आयोजना गरिने 

नयाँ वर्ष २०८१ मा श्रीअन्तुमा महोत्सव आयोजना गरिने 

इलाम । इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र श्रीअन्तुमा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ ।  आगामी चैत्र ३०  र वैशाख १ गते अन्तु पर्यटन महोत्सव हुन लागेको सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । 

सूर्योदयको दृश्यावलोकनको लागि  प्रख्यात श्रीअन्तुको अन्तुडाडामा २ दिन सम्म लाग्ने महोत्सव पर्यटकीय नगरी सूर्याेदयलाई सर्वकालिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महोत्सव आयोजना  गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपमेयर दुर्गाकुमार बरालले जानकारी दिनु भयो । बरालका अनुसार  महोत्सवकै समयमा ‘दोस्रो सूर्योदय नगर आइडल’को  फाइनल पनि गरिने छ । 

३० गते सूर्योदय आइडलको प्रस्तुति, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रमुख बरालले जानकारी दिनु भयो । 

वैशाख १ गते नयाँ वर्षको दिन अन्तुडाँडाबाट सूर्योदय दृश्यावलोकन सँगै शुभकामना आदानप्रदान, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, राखिने तथा सूर्योदय आइडलको विजेता घोषणा लगायत कार्यक्रम राखिने भएकोले सबै पर्यटक कला प्रेमीमा निमन्त्रणा समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो ।  

महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली यशोदा पराजुली  फुटी शेर्पा, लगायतले साङ्गीतिक प्रस्तुति दिनुहुने छ भने लागुपदार्थ, दुर्व्यसनी, मद्यपान धूम्रपान नियमन, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि राखिएको छ ।

अन्तुडाँडामा गत साउनदेखि चैतसम्म करिब ६० हजार पर्यटकले अन्तुडाडाबाट सूर्योदयको दृश्यावलोकन गरेका छन् भने यतिकै सङ्ख्यामा अन्तुको अरू क्षेत्रका भ्रमण गरेका छन् ।  सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ भने  अन्तुपोखरीमा डुङ्गा सयर चियाका बुट्टा सँगको लुकामारी गर्ने होम स्टेमा घरायसी वातावरणमा खानाको परिकारमा रमाउने लगायतका लागि उल्लेखीय मात्रमा पर्यटक आउने गर्छन् ।  

मेची राजमार्गको कन्याम नजिकै छिपिटारबाट १३ किलोमिटरमा अन्तु रहेको छ । यहाँ नेपालका विभिन्न स्थान सँगै भारत तथा अन्य विभिन्न देशबाट पर्यटकहरू आउने गरेका छन् । 

श्रीअन्तुको विकासको लागि सूर्योदय नगरपालिकाले विभिन्न कामहरू गरेको छ अन्तुडाडाको सौन्दर्यीकरण गरेको छ यसपछि त अन्तुडाडाको मुहार नै चित्ताकर्षक भएको छ  । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -