Friday, April 12, 2024
घरसमाचारसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा




धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज पदबाट राजीनामा दिनु भएको छ । 

मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा पत्र बुझाउनु भएको हो । आजको प्रदेश सभा बैठकमा विश्वासको मत दिने तयारी गरेका मुख्यमन्त्री शाहले अन्तिम समयमा राजीनामा दिनु भएको हो । 

मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नरहे पछि उहाँले राजीनामा दिनु भएको बताउनु भयो । नयाँ सत्ता समिकरणसगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई आज चैत्र २२ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने बाध्यता रहेको थियो । 

नेपाली काँग्रेस संसदीय दलका नेता शाह २०७९ माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments