Sunday, April 21, 2024
घरसमाचारहुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार

हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार




काठमाडौँ । कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ । 

हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।  

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार तीनैजना आज बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले आज दिउँसो उनीहरूको सकुशल उद्धार गरेको हो । रासस

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -