Thursday, January 16, 2025
घरसमाचारइलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय




इलाम । नेपाली काँग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम-२ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि इलाम-२ उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउन काँग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । बैठकले नेपाली काङ्ग्रेस इलाम जिल्ला सभापति समेत रहेका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

नेपाली काँग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । आकाङ्क्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको थियो । ३ दिन सम्म बसेको बैठकमा भेषराज आचार्य र डम्बरबहादुर खड्का मध्ये कसलाई उम्मेदवार बनाउने भनेर छलफल भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -