Friday, April 12, 2024
घरसमाचारविकास र स्थिरता दिन कांग्रेस एमाले मिल्नुपर्छ : नेता कोइराला

विकास र स्थिरता दिन कांग्रेस एमाले मिल्नुपर्छ : नेता कोइराला

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको गठबन्धनले कुनै निकास नदिने बताए । ‘अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली कांग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले’, उनले भने ।

यसअघि पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको कोइरालाले स्मरण गरे । तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको उनले बताए ।

‘संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ’, नेता कोइरालाले भने ।

कोशी प्रदेश सरकार अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।

कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनले बताए । अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको कोइरालाले बताए ।

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments