Sunday, September 8, 2024
घरसमाचारमुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुहुँदै

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुहुँदै

 लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिँदै हुनु हुन्छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बिहीबार दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिवेशन सुरु हुने र त्यसैमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फागुन २३ गते फिर्ता लिएको थियो । काँग्रेस – माओवादी गठबन्धन भत्किएपछि माओवादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरुसँग छलफल जारी राख्नु भएको छ । मुख्यमन्त्री बन्नका लागि तयारी अवस्थामा रहेका नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महराले भने आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी गर्दै आउनु भएको छ ।

उहाँले हालसम्म ५१ जनाको समर्थन जुटी सकेको दाबी गर्नुभयो  । महरा यसअघि झन्डै तीन महिनाका लागि अर्थमन्त्री बन्नु भएको थियो  । २०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बन्दा महरा अर्थमन्त्री हुनु हुनहुन्थ्यो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद हुनुहुन्छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -