Friday, April 12, 2024
घरसमाचारत्रिशूली ट्याक्सी दुर्घटना: बेपत्ता विवशको शव भेटियो 

त्रिशूली ट्याक्सी दुर्घटना: बेपत्ता विवशको शव भेटियो 




चितवन । त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका गोरखा–७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव बुधबार बिहान त्रिशूली नदीमा भेटिएको छ ।

गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा विवश बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो ।

दुर्घटनामा परेर बेपत्ता भएको ५ दिन पछि सशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा विवशको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरूलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको प्रहरीले जनाएको छ ।

मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ । दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो ।

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments