Sunday, April 21, 2024
घरसमाचारगृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता




काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ ।

उहाँहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट (सफ्टवयर र हार्डवेयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदूत प्रिन्जसँग छलफल गर्नुभएको छ ।

उहाँले भोकेसनल ट्रेनिङमा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताउनुभयो ।

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाउनुभएको छ ।

गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राख्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -