Sunday, April 21, 2024
घरसमाचारज्येष्ठ नागरिकको उपचार गर्न स्वास्थ्यकर्मी घर–घरमा

ज्येष्ठ नागरिकको उपचार गर्न स्वास्थ्यकर्मी घर–घरमा




सुनसरी । सुनसरीको वराहक्षेत्रमा स्वास्थ्यकर्मीहरू ज्येष्ठ नागरिकहरूको घरमै पुगी स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

वराहक्षेत्र नगरपालिकाका स्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३–३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षणसहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिनुभयो ।

उक्त योजना गत आर्थिक वर्षबाट नगर कार्यपालिकाबाट कार्यविधि बनाएर सञ्चालन भइराखेको छ ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -