Sunday, April 21, 2024
घरसमाचार‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जना सम्मानित हुने

‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जना सम्मानित हुने

झापा । सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना स्रष्टा ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मानित हुने भएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै सम्मान कार्यक्रमबारे गोर्खा फाउण्डेशन तथा प्रथम बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० ले जानकारी गराएको हो ।

फाउण्डेशनका अनुसार सम्मानित हुनेहरूमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै विभिन्न सामाजिक सङ्घसंस्थामा सफतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक व्यक्तित्व महेन्द्र कुमार गिरी रहेका छन् ।

उनीहरुलाई चैत २१ गते विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० बाट बिर्तामोडमा सम्मान गरिने तयारी गरिएको छ । गोर्खा फाउण्डेशन तथा प्रथम बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० ले बिर्तामोडमा सोमवार सम्मानित व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको हो ।

चलचित्रको लेखन, निर्देशन तथा निर्माण गरी नेपाली चलचित्रको क्षेत्रलाई संस्थागत गर्दै नेपाली कला क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको भन्दै भारत निवासी घिमिरेलाई सम्मान गरिन लागेको र नेपाली चलचित्रको नायकको भूमिकामा ३५ वर्षदेखि रहेर नेपाली चलचित्रलाई स्थापित गराउन सफल महानायकले समेत परिचित हमालले चलचित्रसँगै समतामुलक समाज निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गर्न लागिएको बताइएको छ ।

त्यस्तै उत्पीडन महिलाहरूको समुदायले भोग्नु परेको पीडासमेतबाट निजामती सेवामा प्रवेश गरी उत्पीडन महिलाहरूबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी सितालाई सम्मान गर्न लागिएको छ भने भारतीय गोर्खा रेजिमेन्ट भुवनसिंह भारतीय सेनाको टोलीबाट मानव विहीन अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली बनेर नेपाली नागरिकको इतिहास रच्न सफल भएको भन्दै सम्मान गर्न लागिएको जानकारी दिइएको छ ।

त्यसैगरी ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सबैभन्दा ठूलो सहकारी बनाउन योगदान साथै समर्पण भवन निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनीकरण महाअभियान, पिसिआर ल्याबको स्थापना, अक्सिजन सिलेण्डरको व्यवस्थापन, झापा गोल्डकपलगायतका दर्जनौँ सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनीय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सहारा नेपालका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीलाई सहकारीको स्थापना दिवसकै अवसरमा सम्मान गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।

नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार तत्कालीन गोरखा दरबारमा, दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरबारमा नगरा बजाउने नौबाग तथा बिशे नगर्चीको योगदानका स्मरण गर्दै नयाँ पुस्ताबिच पुनर्स्थापित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष वीरु दर्नालले जानकारी दिए ।

राजा पृथ्वीनारायण शाहलाई स–साना राज्यहरूलाई एकीकरण गर्न आर्थिक अभावका समयमा बिशे नगर्चीको सल्लाह अनुसार समस्या समाधान भएको इतिहासमा पढ्न सकिने आयोजक संस्थाका अध्यक्ष दर्नालले बताए ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -