Saturday, February 8, 2025
घरसमाचारसशस्त्रको डीआईजी बढुवा अलपत्र

सशस्त्रको डीआईजी बढुवा अलपत्र

काठमाडौं/सत्ता समीकरण परिवर्तनसँगै सशस्त्र प्रहरी बलको डीआईजी बढुवा अलपत्र परेको छ ।

बढुवाको प्रक्रिया अन्तिम चरणमा पुगेकै समयमा फागुन २१ मा सत्ता समीकरण फेरिएसँगै गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भएका छन् । गृहमन्त्रीमात्र होइन, सचिव पनि दिनेश भट्टराईलाई सरुवा गरी एकनारायण अर्याललाई ल्याइएको छ । गृहमन्त्री र सचिव फेरिएपछि डीआईजी बढुवा अवरुद्ध भएको हो ।

सशस्त्र प्रहरी बलमा ७ महिनादेखि एक डीआईजी पदरिक्त छ । बिदुर खड्का अवकाश भएपछि डीआईजी पद रिक्त भएको हो । रिक्त पदमा बढुवाका लागि एआईजी चन्द्रप्रकाश गौतम सदस्य सचिव रहेको बढुवा समितिले गएको फागुन ३ गते आवेदन माग गरेको थियो । समितिले आवेदन माग गरेको १ महिना बितिसक्दा पनि सशस्त्रमा डीआईजी बढुवा हुन सकेको छैन ।

अघिल्लो सत्ता गठबन्धन कायम भएको अवस्थामा आर्थिक प्रशासनका एसएसपी दीपेन्द्र कुँवर डीआईजी हुने खेलमा थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाका ज्वाइँ भएकाले अघिल्लो सत्ता गठबन्धनमा कुँवरको पल्ला भारी थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने एसएसपी दीपक अधिकारीलाई बढुवा गर्ने पक्षमा थिए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ कृष्ण पाठकलाई बनाउने पक्षमा थिए ।

डीआईजी बढुवाका लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट(सई) बाट सशस्त्रमा प्रवेश गरेका हुन् । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् । दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् । नेपाल फेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -