– डा. लक्ष्मी प्रसाद खतिवडा
भारतवर्ष भनेको पूर्वमा चामदेश वा चम्पाको अनामिते पर्वतदेखि दक्षिण चाइना समुद्र पश्चिममा हिन्दुकुश पर्वतको काखदेखि अरेबियन समुद्र र बङ्गालको खाडी र हिन्दमहासागरमा पर्ने सम्पूर्ण भूभागलाई जनाउँछ । बेलायत, फ्रान्स र पोर्चुगलले उपनिवेशको जमिन बाँडफाँट गर्ने क्रममा भारतवर्ष भनेको इन्डिया हो भनेर खुम्च्याइदिएका हुन् । भारतले आफ्नो नाम भारत नभनेर हिन्दुस्तान भन्नुपर्ने र भारतवर्ष भनेको जापान र कोरिया बाहेकका दक्षिण पूर्व एसिया र दक्षिण एसियाका सबै देशहरु हुन् भनेर ऐतिहासिक भारतवर्षको दावी गर्नु पर्ने हो । हिन्दुस्तानले आफूलाईमात्र भारत भनेर राजनीतिक सिमानाको नाममा भारतवर्षको इतिहास आफै मेट्दैछ ।
कसरी ?
ऐतिहासिक कालखण्डमा पूर्वी अफगानिस्तानदेखि हालको पाकिस्तान, इन्डिया, आसाम, Brahma desha ब्रह्मदेश (बर्मा), Champa desha चाम वा चम्पादेश (भियतनाम), Camboj desha कम्बोजदेश (कम्बोडिया), Siam (shyamdesha) श्यामदेश (थाइलेण्ड), Tanma hsi malaya तिन त्रीपको देश (Java sumatra simhapura) र Medang Kingdom अर्थात (माताराम अधिराज्य हालको इन्डोनेसिया देश) लगायत मलेसिया इन्डोनेसियाका टापु क्षेत्र सबै भारतवर्षका देश हुन् । यवद्वीप (जावा), सुवर्ण द्वीप (सुमात्रा) मातरम् अधिराज्य (इन्डोनेसिया) अर्थात मातृ राज्यका केन्द्रविन्दु हुन् । भारतवर्षका केन्द्रीय गहना नगर हुन् ।
भारतवर्ष भन्नाले हालको दक्षिण एसिया र दक्षिणपूर्व एसियाका (जापान कोरियाबाहेक) सबै देश पर्दथे । बेलायत, फ्रान्स र पोर्चुगलको उपनिवेश पछि ती देशहरुको नाम फेरेको हो । उपनिवेशलाई दीर्घकालसम्म लम्याउन इतिहास मेटेको हो । इतिहास मेटिदिएपछि ज्ञान प्रवाह रोकिन्छ र सामुहिक विद्रोह हुँदैन भनेर फुटाउ र राज गर को उपयोग गरेको हो ।
ताइवान समेत फरमोसा अर्थात परमहंश द्वीप हो । थाइलेण्डमा ब्रह्माको मन्दिर छ । त्यो मन्दिरको नाम फ्रा फ्रोम हो । फ्रा फ्रोम (परमब्रह्म) अर्थात परम ब्रह्मको मन्दिर हो । त्यसैगरी कम्बोज देशको अङ्कोरवाट कम्बोडियाको ङोकोर अधिराज्य (यशोधरापुर) नगरमा बनेको छ । ङोकोर भनेको यशोधरापुर हो । वैष्णवपन्थको उदियमान भएको बेला ११ औँ शताब्दीमा यशोधरापुर अधिराज्यका राजा सूर्यवर्मन द्वितीयले एङ्कोरवाट नाम गरेको विष्णुको मन्दिर बनाएका हुन् । यशोधरा वा भूमिको वा धर्तीको केन्द्रविन्दुमा विष्ण भगवानलाई विराजमान गराएको हो । स्थापना गराउने राजाको नाम सूर्यब्रह्मा हो । बर्मा (ब्रह्मा) र पाल (रक्षक) त्यस बखतका शक्तिशाली राजवंश थिए । आसामदेखि सिलाङ – मणिपुर-नागालेण्ड क्षेत्रका पाल र बर्मादेखि कम्बोज चम्पाका बर्मा ब्रह्मा, देवता, सिंह, आदि नामले आफूलाई विभूषित गराउँथे । पूर्वी भारतवर्षको श्यामदेखी चम्पासम्म ब्रह्मदेश अर्थात बर्माको बोलवाला चल्थ्यो । नेपालको इतिहाससँग पनि बर्मा र पालको इतिहास जोडिन्छ । अलि तल झरेपछि जावा, मलय र सुमात्रा द्वीपहरु पर्दछन् । यी तीन त्रीपको राजधानी मलय तेमासेक (मलेसिया) मा थियो । मलेसिया र सिङ्गापुर छुट्टिएकै थिएन । तीन टापुको बलियो राज्य (तेमासेक) को राजधानी बलियो थियो । शस्त्रअस्त्रमा त के थियो वैदिक धर्म अनुसार यी तीन टापुमा ब्रह्मा विष्णु महेश्वरको शक्तिले निवास गरेको छ भन्ने मान्यता थियो । १२ औँ शताब्दिीमा साङ सुप्रबलका छोरा साङ नील उत्तम श्री त्रिभुवन महाराजा यस अधिराज्यका राजा भए ।
चाइनिज यात्री यी जिनका अनुसार र केदुकान बुकिट अभिलेख अनुसार श्री विजय महाराज सन १२७१ सिंहपुर (मलेसिया र सिङगापुर नछुट्टिदाको) मा राजगद्दीमा बसेका थिए । यिनका शेषपछि सन १३४७ मा श्री विक्रमवीर महाराजा राजगद्दीमा बसे । यी तीन देशलाई शासन गर्ने ती राजवंशको धार्मिक र आर्थिक मामलामा बर्मा (ब्रह्म) र आसाम वा बङ्गालका पाल (रक्षक) सँग सम्पर्क थियो ।
जावा मलय सिङ्गापुर छुट्टिदा सिङ्गापुर सहितको मलेसिया उत्तरतर्फ रह्यो र जावा सहितको इन्डोनेसिया द्वीप अर्थात इन्डयन एसिया असली नाम मातृराज्य वा मातरम् राज्य दक्षिण पश्चिममा पर्यो ।
इन्डियन एसिया (इन्डोनेसिया) असली भारत वर्ष हो । किनभने यसदेशको नाम मातृदेश हो । अर्थात मातरम् अधिराज्य । अर्थात Mataram Kingdom । प्रभुसिलिवाङ्गी प्रजाजागरण श्री साङ रातु देवता महाराजको राज्य आर्थिक धार्मिक, सांस्क ृतिक, कला, कौशल आदिले भरिपूर्ण थियो । यस राज्यमा ७ औँ र ८ औँ शताब्दीमा थुप्रै हिन्दु मन्दिर र बौद्ध गुम्बा समेत निर्माण भएका हुन् । महाराज श्री सञ्जय मात ृदासले योग्यकर्ता वा यो सन्सारलाको उद्धार गर्ने योग्य पुरुष रामको शहर (योग्यकर्ता शहर अर्थात अयोध्या) मा मातरम् राज्यको राजधानी स्थापना गरेको हो । सन ७८४ मा श्री महाराज द्यौ पञ्चपण क्रियाण प्रणमकरण श्री सङ्ग्राम धनञ्जय प्रभुदेवता राजा सञ्जयका उत्तराधिकारी भएका हुन् । यसको प्रमाण अक्सफोर्ड विश्वविद्यालयको bodleian पुस्तकालयको Noorduyn 1968:469, Ricklefs/Voorhoeve 1977: 181 सङ्कलनमा पाइन्छ । पूर्वपट्टिको सानो कावेरी टापुमा भने महाराज गजयानको शासन थियो ।
वर्तमान फिलिपिनको पुरानो नाम चाहि कान्तिपुरम् हो । हाल यसलाई तागालग भाषामा कातिपुनम भनिन्छ । फिलिपिनको ऐतिहासिक दस्तावेजमा यसको उल्लेख छ । कातिपुनम भन्ने शब्द ज्यादै सम्मानित, धार्मिक र तागालगहरूका लागि जीवन दायिनी शब्द हो । स्पेनिश उपनिवेशले गर्दा राजा फिलिपको नाउमा कान्तिपुरलाई फिलिपको देश अर्थात फिलिपाइन्स (फिलिपिन्स) बनाएको हो । कातिपुनम् का धेरै विषय (जिल्लाहरू टापुहरु) छन् । जस्तै लुजोन, पलवान मिन्दानाओ आदि । सबै टापुको संघीय एकताको रुपमा कातिपुनमलाई लिइन्छ । यो शब्दले भूद्योल, शासन र जनएकतालाई जनाउछ । अझै पनि कातिपुनम शब्द आदरका साथ लिइन्छ । यसका टापुहरूमा चम्पा देश (भियतनाम) र चीनबाट ठुलो सङ्ख्यामा मानिस बसाइसराइ गरेको इतिहासले देखाउँछ ।
फिलिपिन्सको रामायणले पनि यसबारे धेरै कुरा बताउँछ । फिलिपिनी रामायणको नाम महारादिया लावण अर्थात महाराजा रावण हो । पोलो बन्दियारमसिर अर्थात लङ्काको राजाको पुत्र ७ टाउका भएको महाराज रावण । आगम नियोग अर्थात अयोध्याका राजकुमार मङ्गदिरी र राजकुमार मङ्गवर्ण (राम र लक्ष्मण), तौवान पुत्री मलैला (सीता), पुत्री लङ्गवी (सुमित्रा) आदि रामायणका सबै पात्र उही हुन् । महारादिया लावणको भूगोल सम्पूर्ण अवध क्षेत्र र विदेह क्षेत्रसँग तुलना गर्न सकिने खालको छ ।