Sunday, April 21, 2024
घरसमाचारस्रोत नखुलेको पाँच लाखसहित एक पक्राउ

स्रोत नखुलेको पाँच लाखसहित एक पक्राउ

वीरगंज/प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -