वीरगंज/ अभियान डिजिटल वर्ल्ड प्रालिले आफूहरू कुनै अवैध कारोबार नगर्ने गरेको दाबी गरेको छ।
प्रालिले अवैध रुपमा कानून विपरीत चिट्ठा खेलाएर उपभोक्तालाई ठगी गरिरहेको खबरहरू प्रकाशमा आएपछि अध्यक्ष विष्णु प्रसाद काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो समाचारमा सत्यता नरहेको दाबी गरेका हुन्।
अध्यक्ष काफ्लेद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्ति पाठक वर्गकालागि जस्ताको तस्तै…!
“अभियान डिजिटल वर्ल्ड प्रा. लि. डेढवर्षदेखि विद्युतीय सामग्री टीभी र वाशिङ मेशिड एसेम्बल गरी विक्री वितरण गर्नुका साथै अन्य विद्युतीय सामग्रीहरु पनि ग्राहकहरुको आवश्यकता र क्रयशक्तिको आधारमा किस्ताबन्दीमा पनि उपलब्ध गराउदै आएको यहाँहरुलाई सर्वविदितै छ। बजारमा धेरै थरीका योजना सहित सामान बिक्री वितरण गर्ने तरिकाहरु हुन्छन् । उपभोक्तालाई गुणस्तरीय वस्तु सहुलियतमा सरल र सहज रुपमा उपलब्ध गराउने र सकेसम्म नेपाली उत्पादनलाई नै प्रयोग गर्ने नेपालीहरु उपभोत्ताहरुलाई प्रोत्साहन गर्न पनि नेपालमा हामीले यो व्यावसाय शुरु गरेका हौं।
हामी नेपाल सरकारको संविधान, कानून, नियमको पूर्ण पालना गर्दै हाम्रो व्यावसाय पनि ग्राहकहरुसम्म सरल र सहज रुपमा पुयाउन तत्पर रहदै आएका छौं। हामीले अहिलेसम्म उपलब्ध गराएको वस्तु र सेवाबाट उपभोक्ताहरु पनि सन्तुष्ट नै हुनुहुहन्छ । बजारमा हाम्रो व्यावसायको विषयमा आएको भ्रमपूर्ण समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले यो प्रेस विज्ञप्ति जारी गरेका छौ ।
अभियान डिजिटल वर्ल्ड प्रा.लि. मिति २०७९ साल भदौदेखि वीरगन्जमा पनि शाखा कार्यालय स्थापना गरेर व्यावसाय शुरु गर्दै आएका छौ । हामी नेपाल सरकारको कानून अनुसार सबै प्रकृयाहरु पूरा गरी दर्ता गरी व्यावसाय शुरु गरेका छौ । सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउछौ । कुनै तथ्य प्रमाण र आधार बेगर कपोल्कल्पित र भ्रमपूर्ण समाचार प्रकाशन गरेर ग्राहकलाई भ्रममा पार्न खोजिएको हाम्रो बुझाई छ ।
हामीले कुनै प्रकारको चिठ्ठाको नाममा रकम असुली नगरेको तर किस्ताबन्दीमा ग्राहकलाई आवश्यक सामानहरु उपलब्ध गराउदै आएका छौ। जनतालाई सुसूचित गर्ने सञ्चार माध्यम र देशको चौथो अंगको रुपमा पहिचान बनाएको सञ्चारकर्मीले आफ्नो व्यावसायिक मर्यादा र पत्रकार आचार संहिता विपरित गरेको गतिविधिले सिंगो पत्रकारिताक्षेत्रको विश्वसनीयता त घटाएको छ नै हामीले गर्दै आएको स्वच्छ व्यावसायमाथि पनि असर पारेको छ । यसको कानूनी उपचारको बाटोमा हामी जाने नै छौं। अतः यस्ता आधारहिन समाचारको भ्रममा नपर्न सबै हाम्रा ग्राहकहरु तथा सम्पूर्ण उपभोत्ताहरुमा आग्रह गर्दछौं ।”