२०८२ मंसिर २१ गते, आईतवार २२:२५

लक्ष्मीपूजा विधि र महत्त्व

– ज्यो. कृष्णकान्त शास्त्री
सनातनीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व तिहारलाई मान्ने गरिन्छ । तिहारलाई भाइटिका पनि भन्ने गर्छन् ।

कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यो बर्षपनि विश्वविद्यालय पञ्चाङ्ग अनुसार कार्तिक २५ गते काग तिहार सुरु भई कार्तिक २९ गते भाइटिका परेको छ ।

यस बीचका देवता यमराज भएकाले यी पाँचै दिनमा यमराजलाई घरको ढोकाबाहिर तुलसाको मोठ छेउमा सन्ध्याकालमा दीपदान गरिन्छ।
यमपञ्चकको पहिलो दिन कागको पुरा गरिन्छ र दोस्रो दिन कुकुरलाई पूजा गरेर भोजन गराइन्छ।

तेस्रो दिनमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ भने चौथो दिन गाई–गोरुको पूजा, गोवर्धन पर्वतको पूजा र पाँचौं दिन दिदीभाइको आपसमा पूजा गरी सप्तरंगी टीका लगाएर खुसियाली मनाइन्छ। यस दिन पनि साँझमा यमदीपदान गरेर यमपञ्चक अर्थात् तिहार सिद्धिएको मानिन्छ। यी पाँच दिनमध्ये लक्ष्मीपूजा र भाइटीकाको दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।

धनधान्य, सौभाग्य आदि प्राप्तिका लागि कार्तिक कृष्णपक्ष औंसीको दिन लक्ष्मीको पूजा गरिन्छ। परा, अपरा गरी दुई प्रकारका विद्या प्राप्ति गर्नु पनि लक्ष्मीपूजा नै हो।

यस दिन प्रातः उठेर नित्यकर्म गरी दिनभर लक्ष्मी माताको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ। सुसज्जित मण्डपमा सुरुमा आचमन , शरीर शुद्धि, दीप अगरवती सूर्यादिपञ्चदेवता विष्णु संकल्प,-कलश-गणेश पूजा गरिन्छ।

यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मीको स्थापना गरी प्राणप्रतिष्ठापूर्वक पूजन गर्नुपर्दछ। मण्डप निर्माण गर्न नसके पनि पूजास्थानमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ।

यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न , पदार्थ, फूल, विरुवा, पात, खानेकुरा,चरा, जनावर सम्बन्धित भएको देखाएको छ ।

यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ?

लक्ष्मीले कमलको फूल निकै नै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूल नै हो ।

कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ ।

हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न, पदार्थ, फूल, विरुवा, पात, खानेकुरा, चरा, जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ ।

यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ् । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ?

दियो
जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो ।

कमलको फूल

लक्ष्मी मातालेले कमलको फूल निकैनै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ ।

यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो ।

श्री
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।

ॐ चिह्न
लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।

औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।

स्वस्तिक चिह्न
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।

नरिवल
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ ।

कौडी
पहेँलो कौडी लक्ष्मीलाई धेरै नै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् ।

लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ ।

श्रीयन्त्र
यन्त्रहरुमा श्रीयन्त्रलाई सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमा नै लक्ष्मीले वास गर्छिन् । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । त्यसैले श्रीयन्त्र जहाँ हुन्छ ,त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ ।

अन्न
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले बास गर्छिन, त्यहाँ धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।

सुन

वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।

सेतो हात्ती
भगवान कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवता पनि मान्ने गरिएको छ । कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ ।

उल्लु अर्थात् लाटोकोसेरो 
उल्लुलाई आधुनिक समयमा अपवित्र चरा माने पनि धार्मिक हिसाबले पवित्र मानिन्छ । उल्का वाहिनी लक्ष्मीको विविध नाममध्य एक हो ।

उल्कावाहिनीको वाहन उल्लु हो । यसरी लक्ष्मीको वाहन भनेको उल्लुलाई दूरदर्शी र बुद्धिमानको प्रतिकका रुपमा लिइन्छ ।

लक्ष्मीलाई विभिन्न रुपमा पूजा गरिन्छ तर आठवता लक्ष्मीलाई पुजागर्ने चलन धेरै छ । यी आठओटा लक्ष्मीलाई अष्टलक्ष्मी भनिन्छ ।

यी लक्ष्मीहरुमा आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, शान्तनालक्ष्मी, वीरलक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी पर्दछन् । यसैगरी सौभाग्यलक्ष्मी, राज्यलक्ष्मी, गृहलक्ष्मी, वैभवलक्ष्मी, भाग्यलक्ष्मीलाई पनि पूजा गर्ने चलन छ । लक्ष्मी मन्त्रहरुमा एक सय आठ, एक हजार आठ लक्ष्मीका नामहरु उल्लेख गरिएको पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM