Wednesday, September 11, 2024
घरसमाचार२१ जिल्लामा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु

२१ जिल्लामा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु

काठमाडौं। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेरनगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ ।

आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि उक्त प्रणाली २१ जिल्लामा लागू गरिएको केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । यसअघि काठमाडौँ उपत्यकामा उक्त प्रणाली सञ्चालनमा थियो ।

सवारी नियम उल्लङ्घन कसुरहरूको जरिवानाबापत राजस्व सङ्कलनलाई प्रदेशगत रूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजनाअनुरूप उक्त प्रणाली सञ्चालन गरिएको हो ।

उक्त प्रणाली कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशअन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व)मा सञ्चालन गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -