Friday, April 12, 2024
घरसमाचारबालकलाई कोठामा थुनेर मुन्द्रा लुटियो, दुई पक्राउ

बालकलाई कोठामा थुनेर मुन्द्रा लुटियो, दुई पक्राउ

दाङ/ दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनकाे मुन्द्रा लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले तुलसीपुरकाे बसपार्कमा रहेकाे एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएकाे मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ ।

मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज साेमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको नाम भने गोप्य राखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments