Sunday, April 21, 2024
घरसमाचारगाईको बाच्छी काटेको आरोपमा तीन पक्राउ

गाईको बाच्छी काटेको आरोपमा तीन पक्राउ

रोल्पा/गाईको बाच्छी काटेको अभियोगमा रोल्पामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् ।

नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भ्वाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -