काठमाण्डौ/न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आफू नैतिक रुपमा पदमा बस्न नमिल्ने भन्दै उनले जिल्ला न्यायाधीशबाट राजीनामा दिएका हुन् । भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा उजुरी दिएका थिए ।
भट्टराईले आफू नैतिक रुपमा कार्कीको मातहतमा बस्न नमिल्ने बताए ।
‘मैले दिएको उजुरीमा गहिरो छानबिन भएको भए हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्नुहुन्थेन’, उनले भने, ‘समितिले मेरो कुरालाई गम्भीरतापूर्वक लिएन र न्यायालयमा सुधार जरुरी छ भन्ने महसुस गरेन ।’
कुनै पनि हालतमा न्यायालय सुध्रिने संकेत नपाएपछि आफू राजीनामा दिने निष्कर्षमा पुगेको उनको भनाइ छ । भट्टराईले न्यायालय सुधारका लागि बाहिरै बसेर सक्रिय हुने जनाए ।