Friday, April 12, 2024
घरसमाचारअरुको सवारी चालकको परीक्षामा सहभागी प्रहरी जवान पक्राउ

अरुको सवारी चालकको परीक्षामा सहभागी प्रहरी जवान पक्राउ

बाग्लुङ/बाग्लुङमा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

उनी पर्वतको कुश्मा नगरपालिका पकुवा घर भइ अहिले सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।

रुपन्देहीका सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत नेपाली कास्कीमा रहेकाे सशस्त्रवाहिनीमा कार्यरत हुनुहुन्छ । नेपालीलाई अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments