Friday, April 12, 2024
घरसमाचारजनप्रतिनिधि नै काठ तस्करीमा...

जनप्रतिनिधि नै काठ तस्करीमा…

पाल्पा । जनप्रतिनिधि नै काठको अवैध कारोबारमा मुछिएका छन् । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दोवराज तिवारीले अख्तियारको दुरुपयोग गरी काठको अवैध ओसारपसार गर्र्न सिफारिस दिएका छन् ।

काठ ब्यापारी मुक्ति भट्टराईले अबैध रुपमा ८० क्युफिट सालको काठ काटेर लोड गरी लगिरहेको अवस्थामा रामपुर इलाका प्रहरी कार्यालयले बिहीबार बरामद गरेकोे छ । कांगे्रस पृष्ठभूमिका ब्यापारीको पहुँच देखाएर बरामद गरिएको उक्त ८० क्युफिट काठ र ट्याक्टर छुटाउन रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, कांग्रेसकै नगर सभापति नेत्र भट्टराईदेखि काठ ब्यापारी मुक्ति अर्यालसहितका ब्यक्तिहरु लागेका छन् ।

वन ऐनअनुसार जिल्ला वन कार्यालयको आदेशले मात्र काठ कटान घाट गद्दी गर्ने ब्यवस्था रहेको छ । तर काठको ब्यापार गर्ने मुक्ति भट्टराईले जिल्ला वन कार्यालयको आदेशविना नै सालका काठ काटेर ट्याक्टरमा लोड गरी लगेका थिए । आश्चर्यको कुरा त के छ भने वन ऐनको प्रावधान नै भुलेर जनप्रतिनिधिले नै तस्करीको काठ घरायसी प्रयोजनका लागि भनेर सिफारिस गरेका छन् ।

संघीय वन ऐन अनुसार जिल्ला वन कार्यालयको आदेश विना सालको काठ निजी जग्गामा समेत कटान गर्न पाइँदैन । तर रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दोवप्रसाद तिवारीले यमकुमारी श्रेष्ठको रामपुर ७ मा रहेको जग्गाका २३ वटा सालका रुख कटान गरी लैजान ब्यापारी भट्टराईलाई स्वीकृति दिएका थिए । जिल्ला वन कार्यालयको आदेश नभएकाले इलाका प्रहरी कार्यालय रामपुरले उक्त काठ बरामद गरेको छ ।

जिल्ला वन कार्यालयको आदेशले मात्र काठ कटान घाट गद्दी गर्न पाउने कानुनी प्रावधान बिर्सेर प्रहरीले काठ बरामद गरिसकेपछि हतार हतार वडाध्यक्ष तिवारीले बिहीबार उक्त साल घरायसी प्रयोजनका लागि काटिएको र चिरान गर्न नजिकको फर्निचर पसलमा लगिएको सिफारिस गरेका छन् ।

कानुन विपरीतको सिफारिस दिएर वडाध्यक्ष तिवारीले अख्तियारको दुरुपयोग गरेका छन् । साल कटानको आदेश नभएकाले इलाका प्रहरी कार्यालय रामपुर बरामद ८० क्युफिट काठ जिल्ला वन कार्यालयमा शुक्रबारबारै बुझाइसकेको छ । र, काठ ओसार्न प्रयोग भएको ट्याक्टरका चालकसहित ३ जनाको १० दिन म्यादथप गरी अनुसन्धान अगाडि बढाएको छ ।

केही दिनअगाडि मात्र इलाका प्रहरी कार्यालयले रामपुर नगरपालिका वडा न १० बाट अबैध खयरका गोलिया करिब १ सय क्युफिट बरामद गरी जिल्ला वन कार्यालय बुझायको थियो । खयरको काठ बरामद भएपछि ब्यापारी मुक्ति अर्याल फरार छन् ।

अर्यालले प्रहरी कार्यालयमा उक्त काठ छुटाउनका लागि दबाब र प्रलोभन दिए पनि इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख इन्स्पेक्टर लक्ष्मण देवकोटा नझुकेपछि उनी फरार छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments