Sunday, April 21, 2024
घरसमाचारबालेनसँग तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतको अन्तरिम आदेश

बालेनसँग तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतको अन्तरिम आदेश

काठमाण्डौ/काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

काठमाण्डौ माहानगरपालिका ९ सीनामंगल स्तिथ नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै नगर प्रहरीले फेन्सिङ तार काटेको र यो काममा मेयर बालेन शाहको पनि संलग्नता देखिएको भन्दै स्पष्टीकरण माग गरेको थियो ।

१ असारमा बालेन शाहलाई पत्र लेखि प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन को दफा ७ को कसुरमा किन कारबाही नगर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन बालेनलाई आग्रह गरेको थियो ।तर बालेनले प्राधिकरणको उक्त स्पष्टीकरण पत्र कार्यान्वयन नगर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -