Friday, January 17, 2025
घरसमाचारजुवातास खेलिरहेको अवस्थामा पाँच पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच पक्राउ

काठमाडौँ। काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -