Thursday, January 16, 2025
घरसमाचार'केल्मी' ब्रान्डका नक्कली कपडा बनाउने पक्राउ

‘केल्मी’ ब्रान्डका नक्कली कपडा बनाउने पक्राउ

काठमाण्डौ। अन्तर्राष्ट्रिय ब्रान्ड ‘केल्मी’ को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।

पर्वत ठूलोपोखरी गाउँपालिका- ३ घर भई काठमाडौं- २१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

केल्मी ब्रान्डको कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरी वृत्त जनसेवाको टोलीले दुई जनालाई पकाउ गरेको हो।

केल्मी लेखिएका ८४ वटा ट्राउजर, ७४ वटा जम्पर, ५४० वटा हाफ र फुल टिसर्ट र १० वटा स्यान्डो प्रहरीले बरामद गरेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -