Friday, April 12, 2024
घरसमाचारभारतीय नागरिकको डेरामा प्रहरीको छापा, लाखौँका मोबाइल एवं घड़ी सहित समातीय

भारतीय नागरिकको डेरामा प्रहरीको छापा, लाखौँका मोबाइल एवं घड़ी सहित समातीय

वीरगंज/लाखौ मूल्य पर्ने विभिन्न ब्राण्डका मोवाईल र घडी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज-३२ स्थित भाडा लिएर बसेको घरमा छापा मारेर प्रहरीले १९ लाख १४ हजार बराबरका बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू बरामद गरेको हो । भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने ३३ बर्षिय मनोज कुमारलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको हो ।

भारतबाट अनाधिकृत रुपमा बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली गरि ल्याएर वीरगञ्जमा भण्डारण गरि राखेको सुचनाको आधारमा प्रहरीले मनोजको वीरगंज महानगरपालिका-३२ वदननगरस्थित डेरामा खानतलाशी गर्दा मोबाईल र घडीहरु प्रहरीले बरामद गरेको हो ।

उनको कोठाबाट प्रहरीले बिभिन्न ब्राण्डका ५९ थान मोबाईल र एक सय ८५ पिस घडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको मोबाईल र घडीहरुको बजार मुल्य १९ लाख १४ हजार कायम गरि आवशयक कारवाहीको लागि मनोजलाई समेत वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ गिरीले बताए ।.

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments