-प्रशान्त महासागर
All the बास्युगु छुचुमरी is called the history . यी शब्दले इतिहास विगत हो भन्छ । बितेका कुरा लिपिबद्ध हुनुलाई इतिहास भन्ने गर्छ । र त्यसको जानकारी वा सुचनाको प्रवाह गर्न कतै संग्रहालय हुन्छ भने लिखोट पनि हुनेगर्छ । त्यो एक तरिका हो देखाउने, बुझाउने, सम्झाउने आदि आदि अरु अरु । यहि कुरालाई कसैले सभ्यताको पहिचान झल्काउने बचाउने प्रयास गरेका पाईन्छन् । जात्रा पर्व भन्दै संस्कारको देखाउने गरि रहेका छन् । यो र यी पनि इतिहासकै रुपमा मनन गर्न सकिन्छ । र धेरैले शब्दमा बुन्दा त्यसमा स्वार्थ हुन्न भन्छन् । तर त्यही कुरालाई म छु भन्नू एक प्रकारको स्वार्थ नै हो । अझ आजभोलि त स्वार्थ विना हामी चल्न पनि सक्दैनौं भने बच्चा रोएपछी आमाले ए मेरो बच्चा भोकाएछ सोच्नु पनि भावनात्मक स्वार्थ हो जुन आजभोलि सिसिको पाउडर दूध चुस्नेहरु पनि प्रशस्तै छन् । यसलाई हामीले समय मान्नुपर्छ । वर्तमान समय यस्तै छ । विगत समय इतिहास मान्दै आएका छौं पनि । र मैले इतिहास भनिरहँदा पनि कति मेरो आयु सासहरु पनि इतिहास बन्दै कार्बनडाइअक्साइड पुन: अक्सिजन बनी ममै प्रक्षेपण भई रहेको होला । यो पनि समय नै हो । र समयकै कुरा गर्ने हो भने इतिहासमै हामी सक्षम छौं भनिएका व्यवस्थित विकास जुन भौतिक हाम्रो अहिलेको पालामा भन्दै उहीँ बेला सहि भन्ने प्रमाणहरु प्रशस्तै छन् आ-आफ्नो गाउँ ठाउँमा । र मैले आफ्नो गाउँ ठाउँको कुरा गर्नु पर्दा मेरो कीर्तिपुर जिन्दावाद भन्ने गरेको छु ।
मेरा पुर्वजहरुले कीर्तिपुरलाई एक किल्लाको रुपमा विकास सुरक्षित बस्ती बनाएका थिए । गढ पर्खाल सहित १२ वटा ढोका लगायत १२ वटै पोखरीले व्यवस्थित मजबुत बनाएका थिए । आफुहरु डाँडोमा बसि समथर भूमिमा खेती गरि जिविकापार्जन गर्ने गरेका विगत छन् । आफुलाई पिउन खेती गर्न प्रयाप्त हुनेगरी १८ वटा मुहानको पानी व्यवस्थित तरिकाले कीर्तिपुर ल्याइ राखेका विगत पनि थिए । हाल पुरिएका छन् । त्यस्तै १८ इन्चको कुलो ४ इन्चको पाइप भएको छ । पानी अभाव देखिएको छ समाधान मेलम्ची ताकिएको पनि स्पष्ट देखिन्छ । अमृत फालेर हामी कीर्तिपुरेहरु विष सेवनलाई विकास मान्दै रमेका छौं । विष सेवन गर्ने स्वास्थ्य भएपछि गढ पर्खाल मासेर जग्गा बढाउने स्वार्थ मुस्कुराएको कीर्तिपुरमा देख्न पाईन्छ । त्यस्तै सुन्दर कलाकृति र सुरक्षितता व्याख्या गर्ने ढोकाहरु पनि एकपछी अर्को भत्काएर सुन्दर कीर्तिपुरको निर्माण गरिएको पनि देख्न सकिन्छ भने पोखरी मासेर राजिखुशी बाटो बनाउने लगायत पुरेर भवन बनाउने योजना पनि सफल भएको देख्न पाईन्छ । पोखरी बोरिङ गर्ने कुरा पनि विगतमा सामान्य बनेका छन् । खेतमा घर रोप्ने आवश्यकता ठानेका छन् जस्को परिणाम हरेक घरमा सुगरको बिरामी सृजना भएको मान्न सकिन्छ जुन समयको विकास हो भन्दा नि हुन्छ । त्यस्तै सम्पदा छोप्ने गरि भवन निर्माण गर्ने साथै विभित्र टावरहरु प्रलोभनले स्वीकृत गर्ने कुराले मेरो कीर्तिपुर कुरुप बनेका छन् । कुवाहरु सुकेका छन् । अझै मानव बस्ती विस्तारको जिउँदो इतिहास ग्वा: पुखू पुरेका छन् । र हामी पहिचानको कुरा गर्दै छौं । सम्पदा मासेर एकता कुरा गर्दैछौं । जात्राको नाभिको हत्या गरेर त्यसलाई निरन्तरता दिन मौलिक पोसाकको परिकल्पना छौं । वियर रक्सीको विज्ञापनमा जात्रा पर्व संरक्षणमा लागि परेका छौं । पृथ्वीनारायण शाहलाई बारम्बार हराउन सफल जिउँदो कीर्तिपुर आफ्नै स्वार्थहरुले मर्दै गएको छ । हाम्रो स्वार्थले हामीलाई विश्वसामु नाङ्गो बनाएको छ । यो कुरा हामीले बुझ्न जरुरी छ । जिवित यथार्थ मारेर इतिहास बनाई सुनाउनु हाम्रो दुखान्त कुरा हुन् । यसको विरुद्ध हामी एक ठाउँमा स्वार्थ त्यागी उभिनुपर्छ । सिद्धान्त परित्याग गरि उत्पादनको नीति लिई विकास लक्ष्यलाई जिवन्त पार्नुपर्छ ।
अन्तमा, अब हामीलाई बाटो पुग्यो सोच्नुपर्छ । त्यसमाथि खन्याईने पिच २० वर्षको हुनुपर्छ यसरी सोचौं । वर्ष एक बजेट पानीमै राखौं । एक बर्षको योजना १०० वर्ष टिक्नुपर्छ । श्रम बेच्ने योजना अब कीर्तिपुरले सोच्नुपर्छ । राजनैतिक उतारचढाव मात्र विकास हो भने त्यो कीर्तिपुरलाई दुर्भाग्य हुनेछ । न्युनतम आधारभूत कुराको लागि अब कीर्तिपुरले हात फैलाउने छैन् अब कीर्तिपुरले सोच्नुपर्यो । कीर्तिपुर न काँग्रेस हो न कम्युनिस्ट नै । अब माटोवादको कुरा सबैले गर्नुपर्छ । आखिर माटोमै मिल्नु हो माटोकै परिकार खाने हो, यति त बुझौं । मान्छे माटो । घर बाटो माटो । खाना माटो । माटोले जन्माउने ढुङ्गा पनि माटो नै । संस्कार सभ्यता सुरक्षित भावना माटो । सम्बन्ध माटो । स्पर्श माटो । दृश्य माटो । दृष्टि माटो । भगवान माटो । भाषा पहिचान पहिरन माटो । त्यसैले माटोकै लागि सोचौं । कीर्तिपुर जिउँदो इतिहास हो मर्न नदिन सबैमा अपिल छ ।