Tuesday, January 14, 2025
घरसमाचारमहानगरद्वारा अवरुद्ध बाटो खुलाउन स्थानीय पुगे उच्च अदालत

महानगरद्वारा अवरुद्ध बाटो खुलाउन स्थानीय पुगे उच्च अदालत

वीरगंज/ वीरगंज महानगरले माईस्थान क्षेत्रको बाटो अवरुद्ध गरेकोमा खुलाई पाउँ भन्दै स्थानीय बासिन्दाले अदालतमा रिट दर्ता गराएका छन्।

सौन्दर्यकरणको नाममा महानगरले सार्वजनिक बाटो ब्लक गरि सर्वसाधारणको आवत जावत गर्न पाउनु पर्नेजस्ता अति आवश्यकीय काममा समेत बाधा पुर्याएपछि समस्यामा परेका स्थानीयहरूको तर्फबाट रेवती प्रसाद साहले वीरगंज महानगरपालिकालाई बिपक्षी बनाई माईस्थान मन्दिरको बाटो खोल्न उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट निबेदन दर्ता गराएका हुन्।

निवेदकको तर्फबाट विद्वान अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाले गर्नु भएको बहस पछि माननीय न्यायाधीश सुदर्शन देव भट्टको इजलासले निवेदन सम्बन्धमा “के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नुहोला ।” भनि आदेश भएको छ।

सो आदेशमा भनिएको छ, “निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि मिति २०७९/१०/१७ गते मंगलबारको पेशी तोकी सो को सूचना विपक्षीलाई दिई नियमानुसार पेश गर्नू ।” उल्लेख छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -