वीरगंज/सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।
शुक्रबार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयका अनुसार प्रजिअ उमेशकुमार ढकाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।
पर्साका नयाँ प्रजिअमा हिरालाल रेग्मीलाई पठाइएको छ । उनी हाल दाङको प्रमुख जिल्ला अधिकारी थिए ।
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीमा वेदनिधी खनाललाई पठाइएको गृह मन्त्रालयको विज्ञप्तिमार्फत जनाएको छ ।
हेर्नुहोस सूचि: