Saturday, December 7, 2024
घरविचारइतिहासहिन्दु शास्त्रहरुमा ब्राह्मणको परिभाषा

हिन्दु शास्त्रहरुमा ब्राह्मणको परिभाषा

✍️ गोपाल पाल्पाली आचार्य 

भविष्य पुराण अनुसारः

निवृत्तः पापकर्मेभ्योः ब्राह्मणः से विधीयते ।

शूद्रोSपिशीलसम्पन्नो ब्राह्मणदधिकोभवेत् ॥ भविष्य पुराण. अ.44

जो पापकर्म देखि बचेको छ, त्यो नै साचो अर्थमा ब्राह्मण हो । सदाचार सम्पन्न शूद्र पनि ब्राह्मण भन्दा उच्च हुन्छ । आचारहीन ब्राह्मण शूद्र भन्दा तल हुन्छ । विवेक, सदाचार, स्वाध्याय तथा परमार्थ ब्राह्मणत्व को परिक्षा हुन् । जो ब्यक्ति यी परिक्षामा पास हुन्छ, सो ब्यक्ति नै सच्चा ब्राह्मण हो ।

 

वृहद्धर्ग पुराण अनुसारः

ब्रह्मणस्य तू देहो यं न सुखाय कदाचन ।

तपः क्लेशाय धर्माय प्रेत्य मोक्षाय सर्वदा ॥ वृहद्धर्ग पुराण 2/44॥

ब्राह्मणको भौतिक देह भौतिक विषयोपभोगको लागि कदापि हैन । ब्राह्मणको देह सर्वथा तपस्याको क्लेश सहनको लागि, धर्मको पालना गर्नको लागि एवं अन्तिममा मुक्तिको लागि नै उत्पन्न भएको हो । ब्राह्मणको अर्थ हुन्छ विचार एवं चरित्रनिष्ठाले उत्कृष्ट हुनु ।

 

मनुस्मृति अनुसारः

सम्मनादि ब्राह्मणो नित्यभुद्विजेत् विषादिव ।

अमृतस्य चाकांक्षे दव मानस्य सर्वदा ॥ मनुस्मृति 1/162॥

 

एउटा सच्चा ब्राह्मण भौतिकवादी संसारको सम्मान देखि सधैं डराउनुपर्छ । बरु उसले अपमानलाई अमृत समान मान्ने आकांक्षा राख्नुपर्छ ।

 

यजुर्वेद अनुसारः

वयं राष्ट्रे जागृयाम पुरोहिताः। -यजुर्वेद

ब्राह्मणत्व एक उपलब्धि हो जुन तीव्र बुद्धि, भावना र गहन ध्यान र समाजको नि:स्वार्थ पूजा द्वारा प्राप्त गर्न सकिन्छ। ब्राह्मण एउटा छुट्टै वर्ग हो, जसमा जो कोही पनि प्रवेश गर्न सक्छन्, बुद्ध क्षत्रिय थिए, स्वामी विवेकानन्द कायस्थ थिए, तर ती सबै अति उत्कृष्ट स्तरका ब्रह्मवेत्ता ब्राह्मण थिए। “ब्राह्मण” शब्द उनैका लागि मात्र प्रयोग गर्नुपर्छ जसमा ब्रह्म चेतना र धर्मधारा जीवित र जागृत छन्, चाहे तिनीहरू जुनसुकै वंशबाट उत्पन्न भए पनि।

 

ऋग्वेद के अनुसारः

ब्राह्मणासः सोमिनो वाचमक्रत , ब्रह्म कृण्वन्तः परिवत्सरीणम् ।

अध्वर्यवो घर्मिणः सिष्विदाना, आविर्भवन्ति गुह्या न केचित् ॥ ऋग्वेद 7/103/8 ॥

ब्राह्मण त्यो हो जो शान्त, तपस्वी एवं पुजनीय हुन्छ । वर्षभरी चल्ने सोमयुक्त यज्ञमा भ्यागुताको कराएको जस्तो लयवद्ध शैलीमा धाराप्रवाहका साथ अविरल रूपमा स्तोत्र वाचकले मन्त्र ध्वनि पढिरहन सक्छ । जो स्वयं ज्ञानवान भै आफुसंग रहेको ज्ञान् संसारलाई दिएर बाटो बिराएकाहरुलाई सत्मार्गमा लैजान सक्छन् । यस्तो विशिस्ट गुण हुनेलाई नै ब्राह्मण भनिन्छ । यस्ता ब्राह्मणले संसारको बीचमा पुगेर मानिसहरूको उपकार गर्नुपर्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -