वीरगंज/प्रहरीले वीरगंजबाट साढे ६७ लाखको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकमा ना २ ख ९७३८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो।
वीरगंजबाट सिमरातर्फ गइरहेको उक्त ट्रकमा ६७ लाख ७२ हजार ५१४ रुपैया बराबरको खुद्रा तथा औषधिजन्य सामग्री लोड रहेको पाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको ट्रकमा लोड रहेको सामग्रीको बिल बिजक शंकास्पद देखिएको तथा अनलाइन भिसिटिएस बिलसमेत नरहेको पाइएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्रक सामग्रीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया लबारामा बुझाइएको गिरीले बताए।