Saturday, February 8, 2025
घरसमाचारपर्सा क्षेत्र नं १ को निर्वाचन ...भन्दा देख्नेलाई लाज

पर्सा क्षेत्र नं १ को निर्वाचन …भन्दा देख्नेलाई लाज

वीरगंज/ पूर्व मन्त्रीभन्दा बहालवाला मुख्यमन्त्री मर्यादाक्रममा ठूलो भएपनि निर्वाचन जित्नकाे लागी मुख्यमन्त्री लालबाबु राउत, प्रदीप यादवकाे पुच्छर बनेर हिंडिरहेका छन् ।

प्रदीप यादवको आई.टी सेनाद्वारा पठाइएको समाचारमा प्रदीप यादवकाे भनाइ उद्धृत गरेर समाचार आउने गरेको र तल पुछारमा मुख्यमन्त्री समेत उपस्थित रहेको उल्लेख गरिएको पाइन्छ । प्रदीप यादवलाई अहिले स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले कडा टक्कर दिरहेको अवस्था छ । त्यसकारण प्रदीप यादवको दिनकाे चैन र रातकाे निन्द्रा हराम भईरहेको छ ।

एमाले र जसपा गठबन्धन भए तापनि आफ्नै गाउँका पूर्व वडाअध्यक्ष ग्यासुदिन मियाँ गत स्थानीय निर्वाचनमा वीरगंज महानगरका पूर्व मेयर विजय सरावगीसंगै एमालेमा प्रवेश गरेर यस पटक पराजित भएका थिए । ग्यासुदिन मियांलाई एउटा कार्यक्रममा प्रदीप यादवले जसपामा प्रवेश गराएपछि एमाले झस्किएको छ । ग्यासुदिन मियांका छोरा चेक बाउन्स मुद्दामा जेलमा रहेकोले छुटाउन आर्थिक सहयोग प्रदीप सँग लिएर ग्यासुदिन जसपामा प्रवेश गरेको हल्ला प्रदीपकाे गाउँ मनियारीमा फैलिएपछि ग्यासुदिनकाेपछि लाग्नेहरु, `हामी खसी बोका हौं, जुन बेला चुनाव आउँछ त्यही बेला ग्यासुदिन पार्टी परिवर्तन गरेर हामीलाई बिक्री गर्छ भनेर यस पटक हामी देखाउँछौं´ भान्दै पाखुरा सुर्केर बसेका छन् ।

प्रदीप यादवको आइटी सेलबाट मंगलवार वीरगंज महानगरपालिकाकाे वडा नं ११ बाट जनमत पार्टीबाट वडा अध्यक्षका उम्मेदवार पवन कुमार ठाकुर प्रवेश गरेको समाचार सम्प्रेषण भयो । बुझ्दै जाँदा ठाकुरले जम्मा सोह्र (१६) मत ल्याई शानदार तवरले आफ्नो जमानत जफत गराएका रहेछन् ।

पर्सा क्षेत्र नं १ मा एमाले र जसपाकाे गठबन्धन छ । दुवै दलले स्थानीय चुनावमा ल्याएको मत गणना गर्दा प्रदीप यादव सुती-सुती जित्नु पर्ने हो तर जसपाबाट बागी भाएकाहरुकाे व्यवस्थापन गर्नु पर्ने भएकाेले प्रदिपकाे निन्द्रा उडेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -