Saturday, February 8, 2025
घरसमाचारमाइस्थान परिसरमा सर्वसाधारणलाई प्रवेश निषेध - नगर प्रहरीलाई मनोमानी गर्न छुट

माइस्थान परिसरमा सर्वसाधारणलाई प्रवेश निषेध – नगर प्रहरीलाई मनोमानी गर्न छुट

धिरेन्द्र तिवारी/
वीरगंज ।
वीरगंज महानगरपालिकाले वीरगंजको गहवा माइस्थान मन्दिर परिसर क्षेत्रमा सौन्दर्यकरणको नाममा गरेको टायल्स युक्त क्षेत्रमा सर्व साधारण नागरिकलाई दुई पाङ्ग्रे सवारी साधन प्रवेशमा रोक लगाए पनि सो क्षेत्र वीरगंज महानगरका नगर प्रहरीहरुलाई मनोमानी ढंगले पार्किङ्ग, चलखेल र सर्वसाधारणसँग दुर्व्यवहार गर्न भने छुट पाएको छ ।

सो परिसरमा टाढाबाट सर्वसाधारण नागरिक दर्शन गर्न आउँदा सवारी पार्किङ्गको उचित र सुरक्षित स्थान नहुँदा काठमाण्डौको चक्रपथ परिक्रमा गरेजस्तै माइस्थान क्षेत्रबाहिरैबाट फन्को लगाएर फर्किनुपर्ने अवस्था रहेको छ । सो क्षेत्रमा सर्वसाधारणले गल्तीले साइकल मात्र भित्र्याउँदा पनि नगर प्रहरीले गुण्डागर्दी शैलीमा राष्ट्रिय अपराधी झैँ दुर्व्यवहार गर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सर्वसाधारण र सो क्षेत्रका पसले र व्यवसायीहरुलाई मारमा पार्नेगरी प्रवेशमा असहजता उत्पन्न गराउने महानगरका ट्राफिक प्रहरीले भने आफ्नो मोटरसाइल निर्वाध रुपले कुदाउन पाउने र पार्किङ्ग गरि राख्न पाउने छुट पाएको बताउँदै हिंड्छ्न ।

बुधवार साँझ एकजना नगर प्रहरीले सो क्षेत्रमा लगाइएको डिभाइडर हटाएर जथाभावी रुपमा आफ्नो बा३८प२०५१ नम्बरको गाडी पार्किङ्ग गरि राखिएको देखेर माइस्थानमा आउने सर्वसाधारणले नगरप्रहरीमाथि नियम नलाग्ने हो र भन्दै प्रश्न गरिरहेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -