शताब्दी पुरुष जोशीको निधन

0

काठमाडाैँ – शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे उनको पारिपवारिक स्राेतलाई उद्धृत गर्दै लेखक गिरीश गिरीले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

साहित्यकार नरेन्द्रराज प्रसाईँले पनि अस्पतालमै रहेका सत्यमोहन पुत्रले पिताको निधनबारे जानकारी गराएको देश सञ्चारसँग बताए ।

जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्