दशैँ विशेष चङ्गा कार्यक्रम हुने

0

काठमाडाैं । चन्द्रागिरी एकीकृत समाज आयाेजनामा परम्परादेखि चलि आएकाे चंगा उडाउनेलाई हस्तारण गराउन प्रथम पटक दशैँ विशेष चङ्गा कार्यक्रम हुने भएकाे हाे ।

चन्द्रगिरी नगरपालिकाकाे वडा नं. १ स्थित दहचोक इन्द्रस्थान हाल हेवेन डाँडामा यही शनिवार असाेज १५ गते बिहान १० बजे देखि प्रतियाेगिता हुने भएकाे छ । साे प्रतियाेगितामा प्रथम स्थान हासिल गर्नेले बीस हजार रु २०००० , दोस्रो हुनेले दश हजार रु १०,०००, तेस्रो हुनेले पाँच हजार ५,००० नगद राशीकाे व्यवस्था गरिएकाे छ ।

भाषा, संस्कृतिकाे संरक्षण तथा सामाजिक सेवामा अग्रभइरहेको साे संस्थाका काेषाध्यक्ष महेश्वर श्रेष्ठले आधुनिकताका नाममा अहिले नेपालीहरू अनलाइन गेममामा आकर्षित हुने हुँदा नेपालका परम्परागत कला, संस्कृतिहरु धामधम हराउँदै गइरहेकाले साेकाे संरक्षण प्रबर्द्वन गर्नका लागि सो कार्यक्रम गरेको जनाउनु भयो ।

साे प्रतियाेगितामा सहभागीता जनाउनका लागि फारम दर्ता असाेज १३ गते २ बजे सम्म अन्तिम दर्ता गर्न सकिने छ । फारम दर्ता शुल्क मात्र रु ५०० रहेकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्