बारा, ०६ असोज/
प्रतिबन्धित लागु औषध गाँजाका काराेबारीहरुले गाँजा तस्करीको लागि बेलाबखतमा विभिन्न साधन र माध्यम प्रयोग गर्दै आएकोमा पछिल्लो पटक यात्रुवाहक सवारी “अटो”प्रयोग गरेको एक घटनाक्रमले उजागर गरेको छ ।
प्राप्त खबर अनुसार बिहीवार विहान ६ बजेको समयमा बाराको पथलैयास्थित प्रहरी चौकीले पथलैया चौकमा निस्केको चेकजाँच टोलीले हेटौडाबाट सिमरा तर्फ जाँदै गरेको ना.१.ह.५८९३ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटोभित्र लुकाइ छिपाइ ल्याएको तीन वटा प्लाष्टिकको बोराभित्र अवैध लागु औषध गाँजा ३२ केजीसहित अटो चालक मकवानपुर हेटौडा-१९ बस्तिपुर निवासी ४१ वर्षीय हिरालाल स्याङतान र सोही अटोमा सवार सोही टाउँ बस्ने ३५ वर्षीय लक्ष्मी मोक्तानलाई अटो सहित नियन्त्रणमा लिइएको चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवले बताउनु भयो ।